Tuesday, October 12, 2010

मेरो नेपाली पत्र र बिधुत प्राधिकरण।

म आफ्नो ब्लगमा जहिले पनि जानी नजानि English मा लेख्न कोशिस गर्छु। किनभने कहिलेकाहीं मलाई बाहिर जाने चक्कर दिमागमा आउंछ। तर बाहिर जानको लागी TOEFL/IELTS/GRE मा टन्न हान्नु पार्छ। तसैले English Practice गरेको। आर्को कुरा मैले पढेको नेपली लगभग पोलेर खाइसकें। तर जब मेरो नेपाल दूरसंचार प्राधिकरणमा जब सुरु भयो, तेहि दिन देखि नेपाली भासाले मलाई छाडेन र मैले पनि नेपाली practice सुरु गरें। टिप्पणीं लेख्नु पर्ने ति माथी पुरा भासा मिलाउनु पर्ने। शुरु शरुमात गाह्रै पर्यो। नेपाली युनिकोड आएतापनि राम्रो शुद्धिकरण चाहिने। सिनियरहरुको सहयोगबाट आजकाल भने अलि अलि आउंछ। तर अझै पर्फेक्ट त कहां छु र?

यो नेपालीमा पत्र र टिप्पणीं लेख्ने बानिले होला नेपाल बिधुत प्राधिकरणको एउटा कर्तुतलाई पत्रका मार्फत यस ब्लगमा हल्न मन लाग्यो।

केहि समय अघिको कुरा हो, हाम्रा छिमेकी तिन जनाले १/२ बर्ष अगाडीनै Single तार लाई नजिकैको पोल सम्म बिजुली ल्याएर प्राधिकरणकै सहयोगमा point निकाली (लेगल्ली निकालेको प्वाइन्ट हो) मिटरबक्समा बिजुली जोडे। तेहि पोलबाट नयां ग्राहकलाई बिजुली दिनको लागी नयां ग्राहकले पुरानो ग्राहकसंग लिखित सहमती दिएपछिमात्र प्राबिधिक क्षमताको आधारमा प्राधिकरणले नयांलाई बिजुलि दिने रहेछ। तर हाम्रा छिमेकीले के गरेछन भने, तारसंग सम्बन्धनै नभएकासंग खुसुक्क सहमती लिएर प्राधिकरणमा निबेदन ठोकेछन बिजुली जोडिपाउं भनेर। तर संबन्धित पोल र प्वाइन्टबाट लाइन तान्नलाई पुरानो ग्राहकले थाहा दिनु पर्ने भएकाले technician लाई यसो मिलाएछन (अब तपाईंले बुजिहाल्नु भयो नि प्राधिकरणका टेक्निसियन न हुन् तिमाथि नेपालका सरकारी कर्मचारी!!!!! हुन त म पनि सरकारी कर्मचारीनै परें.........................तर कसरी मिल्ने मिलाउने
भन्ने चाही अझै थाहा छैन हई सांचो भनेको। ईज्जतको पनि सबाल छ नि तेसैले)। र प्वाइन्टनै नभाको आप्नै घर आडको पोलबाट मारी तारलाई काट्न लगाएछन र टेपले टालटुल पारेर कोही नभाको मौका पारी बिजुली तानेछन। अब प्राधिकरणले यसरी बिना सर्भेक्षण तार काटी बिजुली जोडीदिन्छ,कस्तो होला हाम्रो नेपालका बिजुली प्राधिकरण र यस देशका हामी जनता। प्राधिकरण आफैले यस्तो अनैतिक काम गरेकाले सम्बन्धित expandable Point बाटै बिजुली लैजान जानकारी गराईसकेका छन छिमेकीले तरपनि...अब हेरौं। अब कुरो रहयो काठमौंमा घर बनाउने समृद्ध मानिसको यो कामको। मेरो बानि अलि नराम्रो छ, कसैले नराम्रो काम गरेमा उसैलाई हानि हुन्छ तेसैले चुप लाग्नु बेटर>>यो बानि खासै ठिक हैन। तेसैले मैले भने यसपाली एउटा लेटर ड्राफ्ट गर्ने निर्णय गरें। मेरो आफ्नो जब को प्राक्टिसले गर्दा होला मलाई कम्पलेन लेटर ड्राफटगरेर हाम्रा पिडित छिमेकी लाई दिन मन लाग्यो।(कुरो के भने मेरो आफ्नै परिवार यसमा मर्कामा पर्यो बाबै...)। मलाई आजभोलि अलि दिक्क लाग्यो, छिमेकीको यो व्यवहारले। छिमेक भनेका त मर्दा मलामी जिउंदा जन्ति भन्छन। मिल्ने मिलाउने भन्दा झन तनारिने काम र बिधुत प्राधिकरणमा फेरी आफ्नै साथि हाकिम छन। आफ्नै साथिले यत्रो अनैतिक काम हुंदा पनि कानमा तेल हालेको देख्दा पनि अचम्मै!!! हुन त मैले एक पटक पनि कन्ट्याक  गरेको छैन उहांलाई। अब सबै काम नियम संगतनै होला भनेर कन्ट्याक नगरेको र यस्तो कन्ट्याक गर्ने भनेको अनियमित कामका लागि मात्र हो भन्ने म ठान्छु। निबेदन परिसकेकाले उहांलाई ताकेता गर्नु जरुरी पनि छैन। केबल मुख्य कुरा के भने मानबता र नैतिका ठूलो हो भन्ने म ठान्दछु।

मैले बिधुत प्राधिकरणलाई लेखेको नमुना पत्र तल हेर्नुहोला। (यो मेरो अहिलेको जब को ठूलो भुमिका छ यस्तो लेटर ड्राफ्ट गर्नमा, यदी यो लेख पढ्नु भयो भने लेटरमा गर्नु पर्ने सुधारका बरेमा औंल्यइदिनु होला। यसले मेरो जबलाई पत्र/टिप्पणी लेख्न थप सहयोग पु-यउंछ भन्ने मैले आसा गरेको छु।)

श्री मान प्रमुख ज्यू,
नेपाल बिधुत प्राधिकरण,
बालाजु ग्राहक शेवा केन्द्र।

बिषय: बिना सहमती बीचबाटै बिजुलिको तार काटी बिजुली प्रयोग गरिएको सम्बन्धमा।
महोदय,

    प्रस्तुत सम्बन्धमा बनश्थलि, एकलटार बस्ने प्राधिकरणका हामी तीन ग्राहकहरु (क्रमश: …………….चित्रकार, ………….…….बन र …………………………दवाडी) ले मिति ………………….बाट आफ्नो घरमा बिजुली प्रायोजनका लागि हाम्रो क्षत्रदेखि करिब ४०० मिटर परको पोलबाट सम्बन्धित ग्राहकसंग सहमती लिई हाम्रो घर नजिकैको पोल सम्म single तार तानी बिधुत प्राधिकरणको सहयोगमा आबश्यक Points निकालेर आ-आफ्नो Meter Box मा जोडी बिधुत प्रयोग गर्दै आएको व्यहोरा अबगत गराउंछौ।


    यसै सन्दर्भमा बिगत केही दिन यता हामिले आफ्नो घरमा पाउनु पर्ने minimum क्षमताको बिजुलीमा Disturbance भएको पाईएको र यसै एकलटारमा घर बनाउंदै गर्नुभएका श्री ………………………….. जि ले हामीबाट कुनै सहमति नलिई, हाम्रो नजिक रहेको पोल र extension गर्न मिल्ने point बाट बिजुली नतानी point नै नभएको पोलबाट हामीले प्रायोजनमा ल्याएको तारलाई बीचमै काटी बिजुली प्रयोग गरिरहेको पाइएको। यस्तो अबस्थाले निम्न कुराहरु देखिन्छ।

  • हामी तीनजना ग्राहकलाई कुनै जानकारी नदिई र कुनै सहमतीपनि नलिईकन बीचबाटै तार काट्नु र बिधुत प्रयोगमा ल्याउनु बिधुत ऐन २०४९ अनुसार अनैतिक कार्य भएको र यस कार्यलाई हामी बिधुत चोरी गरिएको ठान्दछौं।
  • हामी ग्राहकको बिधुत Safety, Security र Protection बिधुत प्राधिकरणको मुख्य सरोकारको बिषय भएकाले यसरि बीचैमा तार काटि टेपले टालेर तार तान्दा भबिश्यमा हुन सक्ने खतरा (Lightning, Earthquake, High Voltage Over Line) र यसबाट हुन सक्ने मानविय/अमानविय क्षतीलाई बिधुत प्राधिकरणले मधयनजर राक्नु पर्ने देखिन्छ।
  • बिधुत प्राधिकरणलाई अन्य ग्राहक (जसले सम्बन्धित तारबाट बिजुलि प्रयोग गरेको देखिंदैन)को सहमती देखाई प्राधिकरणबाट अनुमति लिने काम गरिएको केबल प्राधिकरणलाई झुक्याउने काम भएको देखिन्छ। यसरी आफ्नो सम्बन्धित तार नभई अरुको तारमा बिजुली प्रयोग गर्ने सहमती दिनेले यस्तो अनैतिक कार्य गर्न उक्साएको हाम्रो ठहर छ।
  • बिधुत प्राधिकरणका टेकनिसियन (जसले बीचमा तार काटी Meter Box मा तार तान्ने काम गरे) लाई Expandable Point बाट बाहेक यसरी अरुले प्रयोग गर्दै आएको तार काटी बिधुत जोड्न कुनै ऐन/कानुनले अनुमती नदिने हाम्रो ठहर छ। यस सम्बन्धमा प्राधिकरणकै सचेत कर्मचारी/Technician बाट भएको यस कार्यको हामी निन्दा गर्दछौं।
  • समृद्ध समाज निर्माणमा हामी जस्ता सचेत ग्राहक, सेवा दिने सेवा प्रादायक सबैको ठूलो भुमिका रहन्छ। यस्तो कार्यले भबिश्यमा हुनेसक्ने यस्तै कार्यलाई प्रोतसाहन मिल्ने देखिन्छ। साथै आज बिजुलिको तार काटी सेवा लिनेले भोली टेलिफोनको तार, केबल टिभिको तार, इन्टरनेटको तार तथा अन्य तार पनि काटी सेवा लिन सक्ने अनैतिक कार्यलाई निरुत्साहित गर्नु हामी सबैको कर्तब्य हुन आउंछ।
  • श्री  ………………………….. जी लाई हामीले Expandable Point बाट बिजुली प्रयोग गर्न सहमती नदिने कदापी भनेका छैनौं र बिजुली प्रयोग गर्न दिन्न भन्ने हाम्रो अधिकारको कुरा पानि हैन। एक सचेत नागरिकका हैशियतले समाजमा गरिने संयुक्त कार्यमा सहमतिको आबश्यकता पर्छ। यहि हुनाले प्राधिकरणले यस्तो कार्यमा सहमती लिनु पर्ने उल्लेख गरेको हाम्रो बुझाई छ।
  • Existing तारबाट ग्राहक थप गर्दा प्राबिधिक रुपमा तारको क्षमताको बारेमा सम्बन्धित प्राबिधिकबाट सल्लाह मुताबिक काम हुनु पर्नेमा यस बारेमापनि कुनै प्राबिधिक बश्लेषण नगरी ग्राहक थप्नाले पहिलेका हामी ग्राहकहरु मर्कामा परेको हामिले महसुस गरेका छौं।
तशर्थ, बिधुत ऐन २०४९ को दाफा ‘१९’ को उप-दफा ‘घ’ बमोजिम यसरि गरिएको अनैतिक कार्यलाई निरुत्साहित गरि सम्बन्धित बिधुत खतराबाट बंच्न र सम्बन्धित expandable point बाट प्राबिधिक बिश्लेषण गरेर मात्र प्राप्त क्षमताको आधारमा बिजुली प्रधान गरी समाधान खोज्नकालागि श्री नेपाल बिधुत प्राधिकरण समक्ष यो निबेदन पेश गरेका छौं। 



        -------------------                  ------------------------                 --------------------------
श्री ---------------------                  श्री -----------------                     श्री --------------------

(एकलटार, बनश्थली,काठमाडौं)

बोदार्थ:
श्री ...................टोलसुधार समिती, बनश्थली काठमाडौं।

No comments:

Post a Comment