हाम्रो देशको दुर्गति! कुनै पनि सिस्टम, संस्था वा व्यक्ति कन्ट्रोल भन्दा वाहिर हुनु र भ्रष्टाचारको चुङ्गुलमा फस्नुको मुख्य कारण हो प्रविधिलाई वेवास्ता गर्नाले। प्रविधिको प्रयोग तव हुन्छ जव भ्रष्टाचार निर्मुल गर्नु छ, काम चांडो र छिटो-छरितो गराउनु छ, मावन, रुपैंया र सामानको उचित व्यवस्थापन गर्नु छ, समयमै व्यवस्थित तरिकाले राजश्व उठाउनु वा अशूलउपर गर्नु छ अर्थात एकै वाक्यमा भन्दा “कुनै पनि असम्भव प्राय लाई सम्भव गराउनु छ”।
अलि अनौठो पाराको मान्छे जस्तो लाग्छ म आफुलाई। मलाई वाहिरी रमझमा तेति इन्ट्रेष्ट छैन। परिवारका सदस्य संग, साथी-भाई संगि संग खेल्न, डुल्न, भेटघाट गर्न पनि खासै इन्ट्रेष्ट हुदैन मलाई। तर सवै म जस्तै हुन्नन। भरखरै मात्र श्रिमतिलाई साथ दिएको प्रमाण सोरुप “बेसरम” भन्ने हिन्दि फिल्म हेर्ने मौका पाएकै हो। फिल्मको कथा-बस्तु, ईन्टरटेन्मेन्ट भन्दा पनि Animation कसरि गरेको छ? नृत्यमा लगाईयका कपडाहरुको कलर कम्बिनेसन कसरि गरेको छ?, द्वन्द व्यवस्थापन कसरि गरेको छ? के के चिज सम्भव देखाईएका छन र के के असम्भव देखाईएका छन? आदि आदि…बस मेरो ध्यान तेतातिर बढि रहन्छ। सहायद विज्ञान विषय पढेको र कम्प्युटर ईन्जिनियर भएर हो कि वा बुढो भएर हो थाहा छैन।
प्रशङ्ग हो मेरो दसैं सपिङ्ग-२०७० को। सवैलाई थाहा भएकै कुरा हो दसैंको वेलामा न्यूरोड-असन वजारको स्थिति के हुन्छ भनेर। आमा-वुवा वाहेक सवै थोक प्राप्त गर्न सकिन्छ त्यहां। ५ फुट लम्वा-चौडाको कोठा भए काफि हुन्छ चस्मा, घडि, भित्रि कपडा लगायत धेरैखाले व्यापार गर्न सकिन्छ न्यूरोड-असनमा। जागिर खाईएकै छ।हुनत तलव भन्न नहुने कुरा हो तैपनि भन्दा केहि फरक पर्दैन, बिहे भैसक्यो र दाल-भात खान पुगेकै छ। सञ्चाय कोष, नागरिक लगानि कोष, राजश्व तिरिसकेपछि ठ्याक्कै पन्द्रहजार स्यालरी वैंकमा जान्छ।तिमाथि दसैंभत्ता पनि त छनि सरकारी तनाखामा। आज लाग्यो यहि न्यूरोड-असन वजार छिचल्नु पर्छ, धेरै चिजपो किन्नु छ त। दसैंको लागि भनेर साटेको खुजुरा पैसा श्रीमतिको व्यागमा छ ५,१०,२०,५० र १०० को गरि जम्मा जम्मि बिस हजार (आखिर गृह मन्त्रिन परिन)। तर सुरक्षा खतरा, अघिल्लो पटक ईन्द्रचोकबाट यिनै श्रिमतिको व्यागवाट कतिखेर मोबाईल झ्याप भयो पत्तै भएन। मेरो धेरै जसो ध्यानत त्यहि व्यागमै रयो अनि आफ्नो iPhone मा पनि। सालोले बिदेशवाट गिफट् पठाको iPhone झ्याप भयो भने बर्वाद आंफैले किन्ने त आंटै छैन। अनि दोस्रो प्रायोरिटिमा मेरो ध्यान गयो ति व्यापरी र हामि जस्तै कस्टोमरमा। मनाङमा स्याउ टिपेझैं गरेका छन गाठें व्यापरिले पैसा त न्यूरोड-असनमा। दहि-लस्सि पसल, कपडा पसल, चश्मा पशल, घडि पसल, सुन पसल आदि आदि आदि हेर्दै जानुस कुनै पनि पसलेलाई रुपैंया पट्याउन समय छैन। अरबौं नाफामुलक टलिकमले मोबाईलमा पहिलो कलमा नसुनियर दोस्रो कल अनि दोस्रोमा पनि आवाज राम्रो नआएर तेस्रोकलमा अलि-अलि कुरा-कानि हुंदा सवै कलको (low quality) पैसा झ्याम पारे जस्तै लाग्यो यहां। प्राय लत्ता-कपडा देखि धेरै सामान खासाका छन (देशै प्यारासाईट अनि प्यारालाईज भाको छ यस्तै हो)।२-३ महिना प्रयोग गर्ने अनि फेरि आउने बजार तिर।