Thursday, October 10, 2013

मैले राजश्व छलेकै हो त दसैं-२०७० मा?

हाम्रो देशको दुर्गति! कुनै पनि सिस्टम, संस्था वा व्यक्ति कन्ट्रोल भन्दा वाहिर हुनु र भ्रष्टाचारको चुङ्गुलमा फस्नुको मुख्य कारण हो प्रविधिलाई वेवास्ता गर्नाले। प्रविधिको प्रयोग तव हुन्छ जव भ्रष्टाचार निर्मुल गर्नु छ, काम चांडो र छिटो-छरितो गराउनु छ, मावन, रुपैंया र सामानको उचित व्यवस्थापन गर्नु छ, समयमै व्यवस्थित तरिकाले राजश्व उठाउनु वा अशूलउपर गर्नु छ अर्थात एकै वाक्यमा भन्दा “कुनै पनि असम्भव प्राय लाई सम्भव गराउनु छ”

अलि अनौठो पाराको मान्छे जस्तो लाग्छ म आफुलाई। मलाई वाहिरी रमझमा तेति इन्ट्रेष्ट छैन। परिवारका सदस्य संग, साथी-भाई संगि संग खेल्न, डुल्न, भेटघाट गर्न पनि खासै इन्ट्रेष्ट हुदैन मलाई। तर सवै म जस्तै हुन्नन। भरखरै मात्र श्रिमतिलाई साथ दिएको प्रमाण सोरुप “बेसरम” भन्ने हिन्दि फिल्म हेर्ने मौका पाएकै हो। फिल्मको कथा-बस्तु, ईन्टरटेन्मेन्ट भन्दा पनि Animation कसरि गरेको छ? नृत्यमा लगाईयका कपडाहरुको कलर कम्बिनेसन कसरि गरेको छ?, द्वन्द व्यवस्थापन कसरि गरेको छ? के के चिज सम्भव देखाईएका छन र के के असम्भव देखाईएका छन? आदि आदि…बस मेरो ध्यान तेतातिर बढि रहन्छ। सहायद विज्ञान विषय पढेको र कम्प्युटर ईन्जिनियर भएर हो कि वा बुढो भएर हो थाहा छैन।

प्रशङ्ग हो मेरो दसैं सपिङ्ग-२०७० को। सवैलाई थाहा भएकै कुरा हो दसैंको वेलामा न्यूरोड-असन वजारको स्थिति के हुन्छ भनेर। आमा-वुवा वाहेक सवै थोक प्राप्त गर्न सकिन्छ त्यहां। ५ फुट लम्वा-चौडाको कोठा भए काफि हुन्छ चस्मा, घडि, भित्रि कपडा लगायत धेरैखाले व्यापार गर्न सकिन्छ न्यूरोड-असनमा। जागिर खाईएकै छ।हुनत तलव भन्न नहुने कुरा हो तैपनि भन्दा केहि फरक पर्दैन, बिहे भैसक्यो र दाल-भात खान पुगेकै छ।  सञ्चाय कोष, नागरिक लगानि कोष, राजश्व तिरिसकेपछि ठ्याक्कै पन्द्रहजार स्यालरी वैंकमा जान्छ।तिमाथि दसैंभत्ता पनि त छनि सरकारी तनाखामा। आज लाग्यो यहि न्यूरोड-असन वजार छिचल्नु पर्छ, धेरै चिजपो किन्नु छ त। दसैंको लागि भनेर साटेको खुजुरा पैसा श्रीमतिको व्यागमा छ ५,१०,२०,५० र १०० को गरि जम्मा जम्मि बिस हजार (आखिर गृह मन्त्रिन परिन)। तर सुरक्षा खतरा, अघिल्लो पटक ईन्द्रचोकबाट यिनै श्रिमतिको व्यागवाट कतिखेर मोबाईल झ्याप भयो पत्तै भएन। मेरो धेरै जसो ध्यानत त्यहि व्यागमै रयो अनि आफ्नो iPhone मा पनि। सालोले बिदेशवाट गिफट् पठाको iPhone झ्याप भयो भने बर्वाद आंफैले किन्ने त आंटै छैन। अनि दोस्रो प्रायोरिटिमा मेरो ध्यान गयो ति व्यापरी र हामि जस्तै कस्टोमरमा। मनाङमा स्याउ टिपेझैं गरेका छन गाठें व्यापरिले पैसा त न्यूरोड-असनमा। दहि-लस्सि पसल, कपडा पसल, चश्मा पशल, घडि पसल, सुन पसल आदि आदि आदि हेर्दै जानुस कुनै पनि पसलेलाई रुपैंया पट्याउन समय छैन। अरबौं नाफामुलक टलिकमले मोबाईलमा पहिलो कलमा नसुनियर दोस्रो कल अनि दोस्रोमा पनि आवाज राम्रो नआएर तेस्रोकलमा अलि-अलि कुरा-कानि हुंदा सवै कलको (low quality) पैसा झ्याम पारे जस्तै लाग्यो यहां। प्राय लत्ता-कपडा देखि धेरै सामान खासाका छन (देशै प्यारासाईट अनि प्यारालाईज भाको छ यस्तै हो)।२-३ महिना प्रयोग गर्ने अनि फेरि आउने बजार तिर।

 
हेर्नुस त मोटर-स्कुटरको गोदाम जस्तो न्यूरोडमा। ठाउं नभएर बिच रोडमै छोडिदिएका छन। कहां राखुं खै मेरो बाईक। “रोडमा नराखनुस है ट्राफिकले लान्छ” भन्दै छ पैसा मात्र अशुल्ने सुरक्षा नदिने पार्किङ् शुल्क संकलक। हेलमेटको सुरक्षा आफै गर्नुपर्ने रे। बाईकको लेग गार्डलाई टेकायोकि दस रुपैंया ठेक्यो। झोलामा हालौं अट्दैन, बाईकमा डिक्कि छैन। अखिरि हेलमेट पनि बोकेरै हिंड्नु पर्ने भयो। सुन चांदि पसलको ठ्याक्कै अगाडि बल्ल खालि भयो ठाउं। लौ बाईक त राखियो पहिला यो चांदि पसलबाटै सुरु गरौं त सपिङ् भन्ने पो लाग्यो त। दसैंमा टिका लगाउन टिका-जमरा राख्ने प्यालारे सारै राम्रो। खल्ति छामेर मुल्य पनि सोधियो। “२९ हजार चार सय मात्रै” भन्नु भयो पसलकि बहिनेले त। वहांको व्याक्यम्समा “मात्रै” भन्ने शव्दले मलाई कता कता नयां-पुरानो जागिरमा हुंदा करपस्न त आवश्यकै रहेछ जस्तो पो लागयो त बाबै।करप्सन-लेस जिन्दगि बिताउने भनेर ईन्जिनियर भएपनि पून: शैक्षिक पेशालाई रोजेको त जिन्दगीको दौडान महङ्गो होला जस्तो छ। कम्तिमा दुई महिना जागिर त खानै पर्ने पो भयो यो मन परेको चिज लिनलाई। उक्त चांदिको प्याला किनेर तुरुन्तै घर फर्कने कुरा पनि त भएन नि। त्यसैले नकिन्ने निर्णय गरें। त्यति रकमले त धरै समान दिन भरि लगाएर पो किनमेल गर्नु छ त (अनि श्रिमतिलाई खुशि पार्नु छ दिनभरि सपिङ् गरियो भनेर)। श्रिमति पनि कम्ता वाठि परिनन र! आखिर कम्प्युटर ईन्जिनयर नै परिन (उहि पेशाकि) आफु जस्तै, फेरि अलि-अलि जागिरे पनि (आं गर्दा अलङ्कार)।
 
माथिको चित्रमा हर्नुस त! न्यूरोडको गल्लि र त्यसैमा राखिएको मसला पसल। गल्लिको चौडाई मुश्किलले सात-फुट होला। मसाला पसलमा भिड देख्दा लाग्छ ति पसलेले तुरुन्तै Wholesaler लाई फोन गर्नु पर्ने भयो (सामान सकियो तुरुन्त डेलिभरि गरिहाल)। बाटो छिचोल्न निकै धौ धौ छ। काठमाडौंको धुंवा-धुलो, गरिबि आदिले स्वास्थ्य नेपाली पाउन निकै मुश्किल छ। यि गल्लिहरुमा कस-कसले के कस्ता रोगहरु वोकेर हिंडेका छन के थाहा। धन्न नेपालिहरु!!! बांचेकै छन।  आफ्नो आंखा त उहि श्रिमतिकै व्यागमा पो छ, कतैवाट अज्ञांत हात व्याग भित्र छिरिपो हाल्छकि भन्ने डर छ। यस्तो भिडमा आफ्नै ज्यानका कपडा जोगाउन त धौ धौ छ अनि व्याग त के! जे होस सहि-सलामत नै रहियो यसमा पनि।

मन लाग्यो यसो चश्मा पशलतिर पनि छिर्ने हो कि। श्रीमतिकि चिनेजानेका अंकल हुन (सहायद उनिले पहिले पनि यिनै अंकल संग लिने गर्थिन होला चश्मा-घडी यानेकि मेरो विहेभन्दा पनि पहिले) “एकदमै बलियो, राम्रो क्वालिटीको, राति पनि बाईक चलाउंदा लगाउन मिल्ने पोलराईज्ड ग्लास चाहियो अंकल”। चश्मा किन्दा किन्दा हैरान भइयो, अलि राम्रो क्वालिटिको है (मोर फोकस)। मरो लागि श्रिमतिले गरिन अनुरोद। सहायद उनको यो अनुरोध पहिलो चोटि भने हैन। बिहे भएपछि यो चौथो-पाचौं चोटि हुनु पर्छ। चश्मा कोरिने, भांचिने, हराउने आदि कारणले लगभग प्रत्यक छ महिनामा अंकललाई गुहार्नु पर्ने छ। अंकलको उत्तर आउंछ: “अनि नबिग्रिय,नभांचिय त मैले के खाने नि। पसल त चलाउनु पर्यो नि” (कुरो त ठकै हो)।१५ सय मुल्यको चश्मा अनुरोध गरेपछि बल्ल तल्ल एक हजारमा लिईयो २-सेट। दिनभरिको सपिङ पछि घर जाने वेला पनि भयो। आज कतिको सपिङ गरियो त? हिसाव गर्नु पर्यो भन्ने लाग्यो। iPhone को क्याल्कुलेटर खोलेर हिसाव-किताव शुरु त गरियो तर कुनै पनि बिल छैन। मारेन अव! मनमा लाग्यो मानौं यि सेवै व्यापारीका PAN/VAT त होलान नि। मेरो पनि PAN त छ। आजसम्म मैले गरेको part time जवहरुमा कसैले पनि मेरो PAN माग्दैनन केवल tax काटेको छु भन्छन। त्यो मेरो नामको ट्याक्स सरकारलाई तिर्छन-तिर्दैनन पत्तो छैन। फाइनानसियल म्याटर पर्यो तेति जानकारी छैन। मेरो कमाईको tax त मेरै प्यान मार्फत तिर्नु पर्ने हो जस्तो लाग्छ। Anyway, न्यूरोडका कुनै पनि व्यापरीले मलाई आजको सपिङको सामान्य बिल पनि उपलब्ध गराएनन। अचम्म भयो मलाई। सरकारले ति आयतित सामानको ट्याक्स कसरि लिन्छ? सरकार संग ति व्यापारीले भित्र्यायका सवै सामानहरुको रेकर्ड छ त? सामानहरु कहिले कुन मितिमा बिक्यो भन्ने विवरणको ट्रयाकिङ छ त? सरकारले ति सामानहरुको बजार भउ तोकेर ट्याक्स लिने गरेको छ त? १५ सय भनेको सामान १००० सम्ममा आउंदो रहेछ। अव ति पसलेले १५०० को ट्याक्स भर्लानकि १००० को भर्लान त? सवै प्रश्नहरु उत्तर बिहिन रहे।

अव सरकारले वेला-वेलामा टिभि-समाचारहरुमा “सामान किन्दा बिल लिन नभुल्नु” भन्ने सन्देश बजाको त सुनेकै हो। तर पनि एक छिन फुर्सद नहुने व्यापरीसंग बिल काट्ने फुर्सद पनि त हुनु पर्यो नि। अनि wait गरि-गरि बिल लिने धैर्यपनि त हुनु पर्यो नि म जस्ता पढेका भनौंदा हरु संग। पढेकाले त सरकारको अनुरोद वेवास्ता गर्छन भने धेरै प्रतिशत अनपढ रहेका नेपालिले कसरी मान्ने।

अव के गर्ने त? जनतालाई त अनुरोद मात्र गर्न सकिन्छ, तर बिल लिंदैनन त के गर्ने? जनता त करोडौं छन, संघ/संस्था/व्यापारी त करोडौं छैनन नि। यि संघ/संस्था/व्यापारीका सामान सहितको विवरण सरकारले राख्न सक्दैन र? के राजश्व छलि control गर्न सकिन्न र? बिल्कूल सकिन्छ। सरकार संग ईच्छा सक्ति हुनु पर्यो। corruption control, revenue bypass control  र transparency maintain गर्ने मेकानिजम हुनु पर्यो। यानेकि मैले यस ब्लगको शुरु प्याराग्राफमा भनेको यहि हो कि “प्राविधिको सहि प्रयोग हुनु पर्यो”। ब्यापारीलाई राजश्व छल्न सक्ने मौका दिनु भएन। हुनत दूरसञ्चारको विजिनेस गर्छु भन्नेले त ग्राहकको विवरण राख्दैन अनि VoIP Call Bypass लाई प्रश्रय दिइनै राखेको छ र दोष लगाउंछ अरुलाई आफ्नो Revenue loss भयो भनेर। व्यापार गर्छ, कर्मचारिलाई पैसा बोनस बांड्छ अनि आफ्नै व्यापारमा भएको छलि रोक्न नसक्ने संस्थाहरु रहेको यो देशमा ति संस्थाहरुलाई विवरण राख्नु भनि कार्यान्वयन गर्न नसक्ने हुतिहारा सरकारले न्यूरोडाका व्यापारीको विवरण के राख्न सक्थ्यो? र अनि राजश्व छलि नहुने त कुरै भएन। जे होस आर्को पटकवाट चाहिं बिल लिने कोशिष गर्ने छु, आजलाई माफ गर्नुहोला। सरकारको आंखा कहिं कतैवाट यो मेरो ब्लगमा परिहाल्यो भने “बिल नलियएको निहुंमा” मलाई corruption मा नहाल्न अनुरोद गर्छु है। तिनै व्यापरिलाई हाल्नुस corruption मा। करोडौं जनतालाई भन्दा थोरै व्यापारीलाई corruption मा हाल्न सजोलो होला कि। “घुष लिन्या र दिन्या दुबै देशका सत्रु हुन” तर घुष दिने भन्दा लिने थोरै हुने हुनाले होला अक्तियारले पनि सोहि बमोजिम गरेको। जय देश!!
२०७० को बडादसैं, तिहार एवं छटको उपलक्षमा सम्पूर्ण शुभ-चिन्तक तथा अशुभ-चिन्तकहरुमा शूभ-कामना अर्पण गर्न चाहन्छु।


No comments:

Post a Comment