प्रायजसो Doctor र Engineer हरु अन्य गतिबिधि (सामाजिक कार्य, राजनीति आदि-आदि) भन्दा आफ्नै पेशालाई प्यारो ठान्दछन। यो ठिक पनि हो। यि भनेका Sensitive Profession भाको हुनाले आफ्नो पेशा प्रति बढिनै उत्तरदाई हुनु पर्दछ। तथापि केहि प्रोफेसनलहरुले राजनिति नगरेको भने हैन। कोहि खुलेर गर्छन त कोहि लुकेर गर्छन। राजनिति गर्न भने छाड्दैनन। अप्ठेरो छ, राजनितिक Affiliation भएन भने सायद प्रोफेसनललाई पनि बांच्न भने तेति सजिलो छैन नेपालमा।
लामो समयदेखि मैले जिवनमा देखे-सुनेका सामाजिक/राजनैतिक परिवर्तनको प्रयोगात्मक सान्दर्भिकताका बारेमा मालाई ब्लगिङ् गर्न मन लाग्दा लाग्दै पनि समय अभावका कारण यो मौका मैले पाएको थिईन तर आज बेस्तताका बाबजुद पनि लेख्ने आंट गरेको छु।
सरकारको दुर्गम जिल्लाको लिस्टबाट सायद गोरखा जिल्ला अजै पनि हटेको छैन। तिब्बतको सिमाना टच गरेको यो जिल्लाको सदरमुकाम काठमाडौंबाट बसमा केवल ५/६ घण्टाको दुरिमा पर्छ। मेरो जन्मस्तानमा
पुग्न मैले SLC गर्दा ताका जिल्ला सदरमुकाम बाट हिंडेर करिब १० घण्टा लाग्थ्यो। नलागोस पनि किन पहाडै पहाड भिरको बाटो, दरौंदि नदिको किनरै-किनार, कहिले उकालो त कहिले ओरालो। मेरो गाबिसले तिब्बतलाई नै टच गरेको अवस्था। यो दुर्गम जिल्ला अनि दुर्गम गाविसमा जन्मेको हुर्केको फाईदा मैले भरपुर लिएको मान्नै पर्छ किन कि मैले BE, ME पढ्दा IOE को hostel Facilities पाउनेमा सधैं १ नम्बरमै परेको हो। यो मेरो जातिय,बर्गिय,लिङ्गिय कोटा भन्दा छुट्टै बिसुद्ध दुर्गम (आजको राजनितिक भाषामा: क्षेत्रिय भन्न मिल्ला सायद) कोटा हो।
पुग्न मैले SLC गर्दा ताका जिल्ला सदरमुकाम बाट हिंडेर करिब १० घण्टा लाग्थ्यो। नलागोस पनि किन पहाडै पहाड भिरको बाटो, दरौंदि नदिको किनरै-किनार, कहिले उकालो त कहिले ओरालो। मेरो गाबिसले तिब्बतलाई नै टच गरेको अवस्था। यो दुर्गम जिल्ला अनि दुर्गम गाविसमा जन्मेको हुर्केको फाईदा मैले भरपुर लिएको मान्नै पर्छ किन कि मैले BE, ME पढ्दा IOE को hostel Facilities पाउनेमा सधैं १ नम्बरमै परेको हो। यो मेरो जातिय,बर्गिय,लिङ्गिय कोटा भन्दा छुट्टै बिसुद्ध दुर्गम (आजको राजनितिक भाषामा: क्षेत्रिय भन्न मिल्ला सायद) कोटा हो।
दुर्गम जिल्लाको नामबाट उपलब्ध Facilities पाउनलाई गाबिसको शिफारिस चाहिने पनि हुन्छ कति सरकारी काम काजमा। SLC पास गरेपछि मैले पनि एउटा शिफारिस लिने बिचारले गाबिस भवनतिर लागें। तत्कालिन गाबिस अध्यक्ष मलाईनै स्कुलमा पढाउने पुरानो हेडमास्टर हुनु भएकोले कुरो राख्न मलाई तेति समस्या परेन। अध्यक्ष ज्यूको पहिलो जवाफ मैले अलि अलि अझै सम्झेको छु: “गोरखा जिल्ला सुगम भैसक्यो फरि तिमि अलि हुनेखाने बर्गको केटो, के लिन्छौ यो सुबिदा? तैपनि सरकारले दुर्गमको लिस्टवाट हटाको छैन, लैजाउन नै शिफारिस…..”
अध्यक्ष ज्यूको यो भाषाले तत्कालै मेरो दिमागमा रन्को चाहिं छुटेकै हो। जुन समयमा आफ्नो गाउंमा पुग्न सदरमुकामबाट १० घण्टा लाग्छ। बिजुलिको त कुरै छाडौं खाने-पानि, शिक्षाको कुनै राम्रो पुर्बाधार नभाकोलाइ अध्यक्षको शब्दले मेरो पारो त तात्नेनै भो तथापि उहांको पछिल्लो वाक्यले मलाई हाल सोच्दा केहि दम रहेछ भन्ने चाहिं लागेको छ। सायद तत्कालिन समयमा सामन्ति शासन ब्यबस्था कायम रहंदा उहांको बर्गिय मुद्दा जहायज लाग्यो। किन भने तत्कालिन ग्रामिण परिस्थितिमा बर्गिय रुपमा मेरो परिवार माथिल्लो स्तरकै हो।
--------------------
गाउंको सुनसान रात वारि पनि पहाड र पारि पनि पहाड। पल्लो पहाडबाट उच्च स्वरमा निस्कने आवाजले मेरो रातको निन्द्रा सजिलै भङ्ग हुन्थ्यो। गाउंको भौगोलिक अवस्था पकदमै राम्रो लाग्छ मलाई। हिमालबाट छेकिएको दक्षिण फर्किएको खुल्ला तर अन्य तिनै दिशामा उच्च पहाड रहेको र पहाडको काखमा रहेको खुल्ला मैदान जस्तो।
“ईङ्क क्लब जिन्दावाद…., राजतन्त्र मुर्दावाद….प्रजातन्त्र जिन्दावाद …..” जस्ता नाराहरुले २/४ दिन देखि मेरो निन्द्रा भङ्ग गरेकै थियो। दिनको समयमा जताततै चारतारे झण्डा देखिन्थे। मेरो गाउंपनि लगभग सर्बजातियको बसोबास स्थल हो भन्दा हुन्छ। पूर्ब तिरको सार्कि/दमै गाउं, उत्तर तिरको गुरुङ गाउं, पश्चिम र दक्षिणतिरको बाहुन, नेवार/कामी गाउं जताततै घरका धुरिमा ४-तारे झण्डा र कतिपयकोमा हलो चिन्हको झण्डा देखिन्थे। सायद म कक्षा ५ मा पढ्दै थिए होला २०४६ सालमा। मलाई लाग्थ्यो यो चार तारे झण्डा त हाम्रो देशको राष्ट्रिय झण्डा पो हो कि। स्कुलका शिक्षकले पनि भाषण कार्यक्रम राख्ने गर्दथे र सिकाउंथे “प्रजातन्त्र, राष्ट्रियता, समाजवाद र बिधार्थि एकता” का बारेमा। देशमा प्राजातन्त्र आयो रे अब देश बिकास हुने भो, हामि जनताको जित भयो।
[तर २०५२ सालदेखि २०७० सम्म आइपुग्दा त्यो चारतारे झण्डामा धेरै चलखेल भयो। धेरै गाउंले दाजुभाईले रंग फेरबदल गरे। कसैले जागिर कानको लागि रंग फेरे, कसैले जागिर जोगाउन रंग फेरे, कसैले धनको लोभमा रंग फेरे, कसैले ज्यान जोगाउन भने पनि रंग फेरे, कसैले आफ्नो प्रभुत्व जताबाट राम्ररी जम्छ तेतै तिर रंग फेरे, कसैले बाउ-बाजेको डरले रंग फेरे, त कसैले नयां सिद्धान्त उत्तम देखेर रंग फेरे। यो रंग फेरबदल गर्ने काम समय अनुसार चलिनै रहने चिज रहेछ।Living beings को लागि Adaptation मुख्य कुरा रहेछ।]
मलाई अलि अलि याद छ गाउंकै बिभिन्न भाषण कार्यक्रममा उपस्थित बर्ग मध्य बाहुल्यता रहेको कामी, दमाई, सार्की बर्ग चांहि पछाडि बस्थ्यो। सहायद बाहुन-क्षेत्रि लाई छोईन्छकि भन्ने डरले होला।
“पख पख माथि पिडिमा नआउ, तल आंगनमै बस गुन्द्रि र भूई छोईन्छ, सुनपानि छर्नको दु:ख…” वल्लो-पल्लो-तल्लो-माथिल्लो घर र मेरै घरमा आमाहरुको अकसर यि वाक्यहरु प्राय: सधै सुन्नु पर्थ्यो। घरबाहिर खेल्न गईन्थ्यो र बेलुका घर फर्कंदा आमा-हजुरआमाको सुन-पानि नछर्की घरभित्र पस्न नपाउने जमाना पनि थियो। साना जातिलाई छोयपनि नछोयपनि सुनपानि छर्कनै पर्ने किनकि मैले साना जातिलाई छोय-नछोयको वहांहरुलाई के थाहा।
जग्गा यिनैले जोत्छन, खेत यिनैले रोप्छन, गोड्छन, धान यिनैले काट्छन, झांट्छन अनि घरको आगन-पिडि सम्म ल्याईदिन्छन। तर तेहि धानको भात छोईयो भने बर्बाद। धान यिनैले ढिंकिमा (जुनवेलामा मिल थिएन, रातभरि डिंकिमा धान कुट्ने, जांतोमा कोदो/मकै पिन्ने काम हुन्थ्यो) कुट्छन, केलाउंछन अनि पिडि सम्म ल्याउंछन तर तेहि धानको भात खान पाउनु त परै जावस छुन उनिहरुलाई छुट छैन। खसि-बोका यिनैले पाल्छन, उप्रेको मकैको र कोदाको ढिंडो यिनिहरुले तेहि खसि बोकालाई खुवाउंछन, राम्रो र काटि खान लायक भएपछि बाहुनले खसि काट्छन, भाग लगाउंछन, तारेर खान्छन। तर यिनिहरुलाई आफ्नो खसि काटेर बाहुन क्षेत्रिलाई बांड्न छुट छैन। सार्कि दमैको बिहे भोज भयो भने बराजुहरुलाई बोलाउनै पर्यो। बडो समस्या छ, आफुले पकाको बाहुन-क्षेत्रि-नेवार आदिले नखाने। ब्यबस्था गर्नै पर्यो भतेर पकाउन, बाहुनलाई बोलाउनै पर्यो। चामल, नुन, तेल, खसि आदिको ब्यबस्था हुन्छ तर पकाउन र खाना बांड्न यिनिहरुलाई छुट छैन।
----------------
“हे हे कान्छा मुख्या! लौन मलाई मार्यो बुढाले, बचाउन पर्यो बराजु। उठ्नुस न हजुर मलाई न्याय दिलाउनुस। हेर्नुस त मेरो ढाडमा, तिग्रामा निल डाम लौरोले सुम्लायो बज्याले, त्यसको रगत संधै पियर आउंछ अनि पिटेर बसिखान देन हजुर, छोरा-छोरी पनि डरले कहां छन पत्तो छैन, आज मलाई न्याय नदिकन म यहां बाट जादैं जान्न ……” पल्लो गल्लिबाट घरतिरै आउंदै गरेको आवाज आउंछ “… पख तलाई म आज छोड्दिन, यहिंको यहिं मार्छु……” (रक्सिको तोडले सहायद रुने आवाज पनि सुनिन्थ्यो) ”।
रातको कुनै पनि समय यस्तो गुहार प्राय सुन्न पाईन्थ्यो। अब मुख्या जी ले के न्याय गर्नु खै यस्तो अवस्थामा? तैपनि मुख्या जि ले तत्कालिन समस्याको समाधान निकाल्थे अनि उज्यालो भैसकेपछि सहायद परिबर्तित माहौलमा न्याय हुन्थ्यो (रक्सिले छाडिसकेकाले प्रतिकृया यस्तो: “माफ पाउं हजुर गल्ति भयो अब आईन्दा यस्तो हुदैन…..”). तत्कालिन समयको संस्कृति हेर्दा बाहुन, क्षेत्रि लगायतका उच्च जाति भनिनेहरु पढा-लेखा गर्ने, जांड-रक्सि नखाने, धर्म-कर्म गर्ने, आम्दानिको स्रोत जुटाउने, जग्गा जमिन खरिद गर्ने र साना जाति भनिने हरुलाई खेति पाति गर्न लगाउने। साना जातिहरु भने दिनभरिको कमाई बेलुका जांड-पानिमा सक्ने र जेन-तेन खाने-बांच्ने जोहो गर्ने। ठुला बाको, मुख्या बाको, जिम्मल बाको, हल्दार बाको, हुलाकी बाको, जमिनदार बाको आदिकोमा काम नगरे बेलुका मुखमा माड आंउदैन।
२०५३ सालमा मैले SLC पास गरेर काठमाडौं आउंदा सम्म यस्तो संस्कृति मेरो गाउंमा कायमै थियो जुन बेलामा प्रजातन्त्र आईसकेको थियो र काङ्ग्रेसले बहुमतको शासन चलाईसकेर दुई तिहाई मत ल्याउने भनेर गिरिजा प्रसादले मध्यावधि चुनाब घोषणा पनि गरिसकेका थिय। बिगत लगभग २० बर्षको दौरानमा केहि हद सम्म यो संस्कृतिमा चिरफार चाहिं भएकै हो तर पनि उनमुलन हुन भने अजै निकै दशक लाग्ने देख्छु मैले।
---------------------
---------------------
काठमाडौं छिरेपछि मनलागेको बेलामा गांउ फर्कनु मेरो लागि अशम्भब प्राय नै थियो। काठमाडौंबाट ६ घण्टाको बसयात्रा सदरमुकामसम्म र त्यहांबाट १० घण्टा हिंडेर गाउं। Hardly बर्षको एकपटक दशैंको मौसम पारेर गईन्थ्यो तथापि कोहि बर्षत सायद गईएन पनि, काठमाडौंमै बसियो।
२०५६ सालमा BE Admission गरेर गाउं जांदासम्म गाउंमा खासै त्यस्तो तात्विक परिवर्तन देखिन मैले। तथापि धेरै जसो गाउंलेहरु भयभित मुद्रामा देखिन्थे। साना-ठुला जातिका बिचमा बनावटी भएपनि केहि घुलमिल देखियो जुन पहिले अशम्भव नै थियो। छुवाछुतको कडापनमा केहि नरमता भएको भने पक्कै हो। २०५४ सालमा घर पुग्दा कान्छि दिदि, ठुल्दाई, सारिबाउ, कामिबा आदि जम्मा भए, खुशि ब्यक्त पनि गरे: ठुलो बाबु ईन्जिनियर बन्ने भो, यो भेगकै प्रथम ईन्जिनयर। यो स्कुलबाट अहिलेसम्म कुनै पनि डाक्टर-ईन्जिनियर बन्न सकेका थिएनन तर ठुलोबाबुले यहि स्कुलबाट SLC गरेर प्रथम ईन्जिनयर हुने भो, आखिरि पढईमा ध्यान दिए त हुने रछ त। बडा-हाकिमहरुले यो स्कुल काम छैन भन्दै आफ्ना छोरा-छोरिलाइ बिभिन्न बोर्डिङ स्कूलमा लगेका छन। यिनको बाले चाहेको भए अरुले जस्तै यिनलाईपनि बोर्डिङ स्कुल पढ्न सदरमुकाम वा काठमाडौं पठाउन सक्थे, तर त्यो गरेनन्, यहि स्कूलमै पढ्न लगाए र स्कूलको ईज्जत धाने। हामिलाई गर्ब छ आदि आदि….(यस्तो प्रसंशा पायपछि पक्कै पनि कसको नाकपो पल्लो पहाड जत्रो हुन्न र! सहायद ईन्जिनियर बनेपछि गाउंलाई/हामिलाई केहि राम्रो गर्छ भन्ने आसा पनि थियो होला तर आपसोच: इन्जिनियर भएको १० बर्ष भैसक्दा पनि मैले त्यो मौका पाको छैन।)। कान्छि दिदिले यहि मौका पारि उनकै घरमा पकाको केरा २-कोशा मलाई अगाडी तेर्स्याईन, उतातिरबाट आमाको आंखाले सांकेतिक भाषा बोलिराखेको थियो: “केहि नियुं पारेर नखा नखा…सार्किले पकाको छुन त हुन्न के खानु…” तर मैले स्विकार गरें र एक कोसा तेहिं खाइदिए। एकान्तमा आमालाई सम्झाउन कोषिश गरें।
----------------------------
----------------------------
२०७० सालसम्म आईपुग्दा गाउंमा धेरै नै परिवर्तन आईसकेका छन। पल्लो घरे ठूल्दाई अतिनै ब्यस्त छन। रक्सि-चुरोट चटक्कै बिर्सेछन। अब परिवारमा झै-झगडा, कुट-पिट हुने त कुरै भएन। छोरो-छोरि पढ्न ब्यस्थ छन। उनिहरुको पढाई नि:शुल्क छ। दुइ-जना बच्चाको बापत महिना-महिनामा भत्ता पनि बुझेकै छन। तेसैमा बुढा भैसकेका बाको पनि भत्ता थपिन्छ। उबेलामा मुख्याबाले गाउंमा नबस्ने निर्णयसंगै बेचेको जग्गाको नजिकैबाट रोड गएको छ। घर प्लास्टर भएको छ। ट्वाइलट, बाथरुम, सैफ्टिट्यांक ब्यबस्तित भएछन। खसि-बाख्रा टांडभरि छन, भर्करै ब्यायको भैसिलाई घास-पात गर्नु छ। ठेक्का पट्टाको कामले दिनको समयमा फुर्सदै छैन। अहिले भन्ने गर्छन: “कांचुलि फेरें बाबु मैले त..बराजुको हलो जोत्दा-जोत्दा कहिलै खान नपुग्ने…अहिले भने ति दु:ख सम्झन्छु मात्र। बेलैमा बुद्धि पुगेछ। सस्तोमै माडसापको खेत किन्न पाएं। अहिले खेतमा गहुं, मकै, धान तिन खेति गर्छु। बर्षमा केहि अन्न उप्रेको बेच्ने गरेको छु। यो जोगाएको पैसाले केहि जग्गा अझै किन्नु पर्ला। उबेलाका बराजुहुरु सबै नेपाल गैसके, उनिहरुले जग्गा सस्तोमै देलान भन्ने आसा छ। केहि पैसा छोरा-छोरिको SLC पछिको पढाईको लागि जगेर्ना गर्दै छु।
वारि-पारि सबै गाउंलेको समुहिक पूजा गर्ने देवाता हुन भूमे देवता जसको सत छ, भनेको कुरा पुरा गर्छन यि देवताले किम्बदन्ति रहिआएको छ। भूमे देवताको पूजा ब्यबस्थापन पनि समाबेसि भएको छ। बाहुन-क्षेत्रिबाहेक अन्य जात नजिकै आयो भने भूमे देवता रिसाउंथे रे। तर देवताले पनि परिबर्तन चाहेका रहेछन। पूजारी, मारहान्ने देखि अन्य सबैमा बाहुन-गुरुङ-कामि-दमै-सार्कीको पनि पालै-पालो कार्यभार सम्हाल्ने ब्यबस्था भएको छ।
स्कूल, गाबिस, खेत लगायत सबै ठाउंमा डोजरले बाटो बनाईसकेको छ। हिउंदको मौसममा आफ्नै गाडि भएमा सजिलै ७-८ घण्टामा गाउं पुग्न सकिने स्थिति छ अहिले। [सायद गोरखा जिल्लामा CAv2 मा तिनै क्षेत्र एमाओबादीले जितेको एजेण्डाले हो जस्तो लग्दैन मलाई। जनता बिकासप्रेमी छन। भट्टराई को डोजरले पहाड-बेसी भासेर बनाको रोडबाट निस्केको धुंवा-धुलो छिचोल्न अन्य दललाई हम्मे परेकाले हो। डाक्टरसापको यहि डोजरले जितेको चुनाब हो यो न कि पार्टिको एजण्डाले। हाल जितेकाले त्यो धुंवा-धुंलो सदा नआउने गरि रोड पिच गरेभने यिनको भविश्य छ नत्र उहि हो पारा आर्को चुनाव हेर्च बांकिनै छ।]
स्कूल, गाबिस, खेत लगायत सबै ठाउंमा डोजरले बाटो बनाईसकेको छ। हिउंदको मौसममा आफ्नै गाडि भएमा सजिलै ७-८ घण्टामा गाउं पुग्न सकिने स्थिति छ अहिले। [सायद गोरखा जिल्लामा CAv2 मा तिनै क्षेत्र एमाओबादीले जितेको एजेण्डाले हो जस्तो लग्दैन मलाई। जनता बिकासप्रेमी छन। भट्टराई को डोजरले पहाड-बेसी भासेर बनाको रोडबाट निस्केको धुंवा-धुलो छिचोल्न अन्य दललाई हम्मे परेकाले हो। डाक्टरसापको यहि डोजरले जितेको चुनाब हो यो न कि पार्टिको एजण्डाले। हाल जितेकाले त्यो धुंवा-धुंलो सदा नआउने गरि रोड पिच गरेभने यिनको भविश्य छ नत्र उहि हो पारा आर्को चुनाव हेर्च बांकिनै छ।]
पल्लो गाउंको बाहुनबाको हालत भने अझै उस्तै छ। उनको जात त परिवर्तन हुने कुरै भएन अनि बर्ग पनि परिवर्तन भएन। आफ्नै जग्गा जमिन छैन, जग्गा किन्न सक्ने हैसियतका परेनन। उनको आफ्नै भत्ता आउने उमेर पनि भाको छैन। फेरी भत्ताले के नै पुग्छर। भत्ता भाको भए चुरोटमा आफ्नै कमाईको पैसा चाहिं खर्च गर्नु पर्दैनथ्यो। छोरा-छोरि पढाउंदा खर्च तेत्तिकै छ। माइलो छोरोले SLC गरिसक्यो अब माथि पढाउन सक्दिन भन्दैछन। जागिर लगाउन हार-गुहार गर्दैछन। ठूलो छोरोले जहां जागिर खान खोजे पनि मिलेन। दलित जन-जाति कोटामा आंफुले फारम भर्न पाउने कुरा भएन अनि खुल्लामा शहरका बोर्डिङबाट SLC गरेर र देश-बिदेशबाट Bachelors/Masters गरेका संग लड्न सक्ने कुरै भएन लोकसेवामा। अन्य संस्थानहरुमा मान्छे चिनेको छैन, जानेको छैन अनि कुनै पार्टिको कार्यकर्तापनि भाको छैन। धिक्कर्दै बसेका छन बाहुनबा: कुन जुनिमा बाहुन भएर जन्मियछु। सार्की दमै हुन पाको भएत केहि सुबिधाहरु पाउंथे अनि यस्तो दु:ख त भोग्नु पर्थेननि।
-------------------------
इन्जिनियरिङ् पढ्दै गर्दा २०५८ सालतिरको बर्षमा घर जाने मौका मिलेन। घरवाट चिठि प्राप्त भयो: “बाबु सेबै ठिक त होला। घर आउन कोषिश गरिनस। आउनु पर्थ्यो। खसि काटेको खल्लो भयो। गाउंको हालको परिस्थिति त्यति राम्रो छैन। ठिकै गरिस गाउं नआयपनि तेति धेरै दुख-मनाउ गरेको छैन। तेरो भविश्य राम्रो गर्नु। यहां गाउंमा अन्य जातिहरुले जबरजस्ति घर प्रबेश गरेर धुरि फोड्न लागि सके। सास्कृतिक बिचलन आयो। गैरा घरकि नातिनिले नाक काटी, सार्कि संग बिहे गरेर भागि। घुश्याहा, शासकि र शुराकि हरुलाई सफाया गर्ने भनेका छन। तेहि हुनाले सबै डरायर धेरै लुकिसके/भागिसके। बिराम नगर्नेलाई कसैले केहि गर्दैन डराउन पर्दैन भनेर दाजु-भाईहरुलाई सम्जाई-बुझाई गर्छु तैपनि यो मावबादि र सरकारको युद्दकाल हुनाले को बिराम गर्ने को नगर्ने? सामान्य घरायसी र छिमेकी ऋषिबिमा पनि मारपिट हुन थालेको छ। यस्तै परिस्थिति रहिरहयो भने काठमाडौंमा २/४ आना जग्गा लिनुपर्ला, म यहां जग्गा बेच्ने कोषिश गर्छु तैपनि बिक्छकि। …….”
इन्जिनियरिङ् पढ्दै गर्दा २०५८ सालतिरको बर्षमा घर जाने मौका मिलेन। घरवाट चिठि प्राप्त भयो: “बाबु सेबै ठिक त होला। घर आउन कोषिश गरिनस। आउनु पर्थ्यो। खसि काटेको खल्लो भयो। गाउंको हालको परिस्थिति त्यति राम्रो छैन। ठिकै गरिस गाउं नआयपनि तेति धेरै दुख-मनाउ गरेको छैन। तेरो भविश्य राम्रो गर्नु। यहां गाउंमा अन्य जातिहरुले जबरजस्ति घर प्रबेश गरेर धुरि फोड्न लागि सके। सास्कृतिक बिचलन आयो। गैरा घरकि नातिनिले नाक काटी, सार्कि संग बिहे गरेर भागि। घुश्याहा, शासकि र शुराकि हरुलाई सफाया गर्ने भनेका छन। तेहि हुनाले सबै डरायर धेरै लुकिसके/भागिसके। बिराम नगर्नेलाई कसैले केहि गर्दैन डराउन पर्दैन भनेर दाजु-भाईहरुलाई सम्जाई-बुझाई गर्छु तैपनि यो मावबादि र सरकारको युद्दकाल हुनाले को बिराम गर्ने को नगर्ने? सामान्य घरायसी र छिमेकी ऋषिबिमा पनि मारपिट हुन थालेको छ। यस्तै परिस्थिति रहिरहयो भने काठमाडौंमा २/४ आना जग्गा लिनुपर्ला, म यहां जग्गा बेच्ने कोषिश गर्छु तैपनि बिक्छकि। …….”
सायद यति बेलासम्म गाउंमा धेरैनै बिचलन आयको हुनु पर्छ। जसको घरमा काम गरेर छाक टार्नु परेको छ, दैनिकि गुजार्नु परेको छ, उसैको बिरुद्दमा हिंड्नु्/यद्ध लड्नु स्वभाविक देखिंदैन तथापि यो प्रथालाई चिर्नुनै ठिक मानि माओबादीले युद्द चालुनै राखेको थियो।
[धार्मिक, सांस्कृतिक तथा कू-प्रथाका बिषयमा ड्रास्टिक परिबर्तन ल्याउन दसबर्षे युद्ध काफी हैन। यो त केबल फोर्सफुल उपाय भयो जो आजकालको लोकतान्त्रि दुनियांमा पाच्य हुंदैन। सांस्कृतिक परिबर्तन ल्याउन कयौं बर्ष लाग्ने हुन्छ। ट्रान्जिसन पिरियड भनेकै पुरानो संस्कृति होल्ड गर्ने हरुको युग सकियपछी नयां सस्कृति होल्डगर्न सक्ने युबा समुह आउने हो। हाल नेपालमा पुरानो संस्कृति र नयां संस्कृति होल्ड गर्नेको बिचमा ठुलै खाडल छ। जुन मावबादिको १० बर्षे युद्धकालले खाडलत बनायो तर यो खाडल पुर्ने कोहि भएन।]
-----------------------
-----------------------
२०५२ सालतिरै होला ठ्याक्कै मिति त मलाई थाहा भएन, जे होस मैले SLC परिक्षा सकेर बसेको मौसम थियो। “पारि ताकु गाउतिर आज गोलि चल्यो रे एक जना रम्तेल थर गरेको बाकललाई गोलि लागेर ठाउंको ठाऊ आर्मि-पुलिसले सिद्दायो” भन्ने खबर आउने बेला सम्म माओबादीको जनयुद्दको गांठो फुकिसकेको थियो। माओबादीबाट प्रथम सहिद को घोषणा संगै गोरखा जिल्लामा जनयुद्दको तापक्रम बढिसकेको थियो। सरकार बिरुद्धको लडांई थियो यो तथापि मिचाइमा सोझा-साझा जनतानै परेका हुन। २०६०/६२ साल सम्ममा तत्कालिन गाबिस अध्यक्ष देखि पल्लो गांउको ठुलो-बाठो, वल्लो गाऊंको स्कुल हेडमास्टर लगायतले सुराकि गरेको भन्दै ज्यान गुमाईसकेका थिय। बिभत्स तरिकाले कि त पुलिसले कि त मावबादिले मान्छे मार्न नछाडेपछि त्यसको नराम्रो छाप गाउंले दाजभाइहरुमा सायद अहिलेपनि ताजै छ। तत्कालिन युद्धको दोषि कि त माओबादि नै हो कि त आर्मि-पुलिस नै हो भन्ने जनमानसमा परेको छ। [अन्यदलको CAv2 को दरिलो हतियार यो पनि हो।]
आन्दोलनका पोजिटिभ र नेगेटिभ दुबै पक्ष हुने नै भए। सायद अन्दोलनले जातिय-लिङ्गिय, बर्गिय बिभेदलाई केहि हदसम्म कम गरेकै हो तथापि आन्दोलनको प्रकृतिले जनमानसमा पारेको छाप मेटिन भने तेति सजिलो छैन। आन्दोलनको औचित्य के हो? यो सम्बन्धमा तल्लो तहसम्मको जनमानसलाई सुसुचित गर्न-गराउन नसके जनतामा परेको नेगेटिभ छाप मेटिन अझै कयौं दशक लाग्ने पक्का छ।[यो परिस्थिति पूराना दलको लागि फाइदाजनकै छ।]
----------------------
२०६३ सालतिर गाउंमा अझै टेलिफोन-मोबाईल भित्रिसकेको थिएन। काठमाडौं बस्ने छोरा-छोरि, नातेदारले तुरुन्तै घरमा कन्ट्याक्ट गर्ने परिस्थिति हुने कुरै भएन। तथापि माओबादिको युद्धकाल सकिएर देशमा नयां माहौल खडा भएको छ। सबै जनता खुसि छन। देश-बिदेशबाट नातेदारहरु बेफिकर गाउं जान सक्ने भएका छन। गाउंदेखि काठमाडौं सम्मको भौतिक दूरी टाढा भएपनि आत्मिय दूरी नजिक बनेको छ।
काठमाडौं बस्ने लगायत देश-बिदेश बस्ने नातेदारले गाउं-गाउंमा सन्देश पठाउन थालेका छन: यसपालि भोट माओबादिलाईनै दिनु पर्छ। काङ्ग्रेस,राप्रपा,एमाले पार्टिहरु राजाबादिनै हुन, यिनिहरुले देशमा केहि बिकास गर्न सकेनन, अब राजा हट्यो नयां पाटि माओबादि आयो, जनताको छोरो राष्ट्रपति हुने भो अनि देश बिकास होलाकि। अब हामिलाई शान्ति चाहियको छ, हाम्रा नातेदार धेरैले ज्यान गुमाईसके। देशमा शान्ति ल्याउन र नया पाटी हुनाले केहि गर्छकि। तेसैले यसपालि को भोट सबै माओबादीलाई। बुद्धिजिबि नातेदारको त्यहि अनुसारको सर्कुलेसन भयो। गाउंका ठुला-बाडा हरु माओबादीसंग रुष्ट हुंदा-हुंदै पनि माओबादीका बिरुद्धमा भोटमाग्ने आंट छैन। स्थिति अझै शान्त भएको छैन। यस्तो परिस्थितिमा चुप लाग्नु नै उत्तम। जहांपनि ठुला-बडाले नै राज्य गर्ने हो। तिमाथि गाउंमा त ठुला-बडाले यसो है भने पछि सबै मान्ने परिस्थिति हुन्छ। यसपालि ठुला-बडाले आफ्नो पक्षमा यसो है भन्न सकेनन। किने भने परिस्थिति बदल्नु पनि त थियो नि। आखिरी सम्बिधान सभाको पहिलो चुनाब यानेकि CAv1 सम्पन्न भयो। मावबादिले आसा नगरेपनि फल प्राप्त गर्यो। सरकार चलाउने जिम्मा पायो। झुपडिबाट आएका, शहर नदेखेकाले संबिधान बनाउने भन्दै बानेश्वरको भवन मित्र प्रबेश गरे, यो राम्रै हो एक गरिवले देश कसरी चल्छ भन्ने मौका पाएकै हो। अनि आफ्नो जनयुद्धकाल, बाल्यकालको बारेमा भलाकुसारी गरे। “आउनुस बसम बाहिर घाम राम्रो लागेको छ, बदाम खाउं, गफगाफ गरौ, अब हाम्रा ठूला नेताले बिभिन्न रिसोर्टहरुमा बार्ता-छलफल जारि राकेका छन, बनाउलान न त सम्बिधान, हामिलाई के को टेन्सन….” सायद सम्बिधानसभाको २ बर्षबाट पेसमेकर राखेर ४-बर्ष आयु लम्ब्याएको कार्यकाल कयौं सभासदको लागि यस्तै दिन चर्या भयो होला।
---------------------
बा-आमा, दिदि-बहिनि, वल्लाघर-पल्लाघर सबैको हात-हातमा मोबाईल छ। कसैको NTC, कसैको NCELL, SMART, UTL का सिमहरु प्रयोग भएका छन। नजिकैको स्कुलमा Community Center चलेको छ। इ-मेल, इन्टर्नेट पनि चल्न थालेको छ गाउंमा। मोबाइलको GPRS त छदैछ। चलाउन जान्नेले GPRS बाटै फेसबुकमा फोटो अप्लोड गर्ने र च्याटिङ् गर्ने गरेका छन। काठमाडौं देखि साउदी-कतार-अमेरिका-यूके-क्यानडा-मलेसिया जहा कहिंबाट छिन-छिनमा कुरा कानि भएका छन। तत्कालिन सञ्चार मन्त्री कृष्णबहादुर महराको “हात-हातमा मोबाइल र घर-घरमा इन्टर्नेट” भन्ने Policy Decision ले गाउंमा निकै परिबर्तन ल्याएको छ। अक्षर नचिन्ने बा-आमाले जहां भएपनि छोरा-छोरि संग कुरा गरेका छन। देश-बिदेशको बिकासका बारेमा भलाकुसारि गरेका छन, टिभि हेरेका छन, च्यानल जोडिएको छ, देश-बिदेशका च्यानलहरुबाट बिभिन्न खबरहरु सुन्न पाईएको छ।
पहिलो सम्बिधान सभा तेत्तिकै सकियो। आखिरी मुटुमा खराबी भैसकेपछि अन्य अंगले राम्रो संग काम गर्ने कुरै भएन। जेनतेन पेसमेकर ले चलेको मुटु दुई बर्षपछि पेसमेकरको ब्याट्री सकियछ क्यारे समाप्त भयो। सम्बिधान सभाको दोस्रो चुनाब याने कि CAv2 हुने भयो। २०६४ देखि २०७० सम्म आईपुग्दा समय परिस्थितिले यु टर्न लिइसकेको बुझिन्छ। तत्कालिन युद्धकालमा बिस्थापित ठुला-बडाहरु गाउंमा नभएपनि नयां ठुला-बडाले राज्य शुरु गरेका छन। तथापि दुर-दराजबाट भयपनि पुराना ठुला-बडाको निर्देशन नलिय बिना नयां ठुलाबडालाई स्थानिय शासन चलाउन भने तेति सजिलो छैन। अनुभव चाहियो नि। जनता धेरै बिकसित भैसकेको परिस्थिति पनि छ। के ठिक के बेठिक भन्ने बुर्जुवा शिक्षाबाट हैन कि दिलको शिक्षा (Self Actualization) बाट सिकेका छन गांउका जनताले। अब परिस्थिति खुल्ला छ। सबै पार्टी खुल्ला मैदानमा छन शान्तिपूर्ण राजनिति गर्ने भनेर। तैपनि केहि ३३ दलियहरु मोर्चा बनेर पुरानै ढांचामा छन।[यि ३३ दलियमा मैले एउटै दलको नाम मात्र सुन्छु, अरु ३२ दल को को हुन? मालई थाहा छैन। हुनत यिनिहरुलाई “दल” वा “पार्टि” भनेर नामाकरण के गर्नु? कानुनि हिसाबले यि दर्ता नभएका अनाधिकारिक सामुह वा झुण्ड भन्दा फरक नपर्ला। ति ३२ दलमा प्रत्यक दलको कति नेता छन, कति कर्यकर्ता छन र तिनका के एजण्डा हुन कोहि कुनै पत्रिकाले लेखिदियमा जानकारि लिन पाईन्थ्यो कि।]
यसपालि भने देश-बिदेशबाट फोन लगायत अन्य माध्यामबाट आर्कै खालका मेसेजहरु गाउं-गाउंमा सर्कुलेसन भाका छन। “टिरिरिरि घण्टि बज्यो, आमाले फोन ऊठाईन, छोराले फोनबाट चुनाबको बारेमा बिषेश ऐडभाइस भनु वा अनुरोद गर्दै छ: आमा यसपालिको भोट जेमा हालेपनि माओमावबदीलाई चाहिं नहाल्नु होला र सबैजनालाई यसै भन्नुहोला। माओबादिकै कारणले बिस्तापित भएर म कतार सम्म आईपुगेको पनि लगभग १० बर्ष भइसक्यो, यो कतार देशको बिकास उच्च भएपनि हामिलाई हुने केहि हैन। हाम्रै पसिनाबाट यो देशको बिकास भएको छ तर हामिलाई यहां धेरैनै दूख छ। माओबादिले देश बनाउला भनेर पहोलो पटक चुनाबमा भोट हाल्नु ब्यर्थ रयो। झन गाउंमा जातिय नाममा युद्ध हुने देखियो। हाम्रो गाउंमा सबै जातिका बस्छन सबै मिलेर बस्नु पर्छ। मावबादीले बनाको घोषणा पत्रमा हाम्रो गाउं-बस्ती मगरातमा अनि खेति-बाली गर्ने वेसी चाहिं तमुवानमा पर्छ रे। यसो हो भने बेल-बेलामा मौसम अनुसारको अन्नबाली भित्र्याउंदा तमुवानबाट मगरातमा अन्न ल्याउनलाई सधैं तमुवान राज्यको अनुमति लिनुपर्ने भयो राजश्व तिरेर। पल्लो २० घर सार्की गाउंलाई सार्कि उपराज्य र माथिको १५ घर गुरुङ गाउंलाई गुरुङ् उपराज्य तेस्तै लेप्चा, धिमाल आदि-आदि राज्य बनाउने रे के को जात्रा हो यो हाम्रो देशमा। यो त नराम्रो भैगो नि। हामि त दूखि बाहुनको छोरो परियो, खान नपुगेर बिदेशिनु परेको छ अनि आफ्नै देशमा पनि बिभिन्न जातिका राज्य हुनाले खेदिनु पर्ने पो हो कि! बिदेशिको शब्दकोषमा “जात-जाति” भन्ने शब्दै छैन यहांत, केबल स्त्री लिङ्ग, पुलिङ्ग र समलिङ्ग मात्र हुन्छन तर हाम्रो देशमा माओबादिले खराब संस्कृति भित्र्यायो। यसले गाउं भडखालोमा पर्छ। तशर्थ वल्लाघर-पल्लाघर सबैलाई यहि सन्देश दिनुहोला। बाले भनेमा अझै दमै, कामि, सार्कि, गुरुङ दाजु-भाइहरु आदिले मान्छन, जे भनेनि पहिलेका जिम्मल मुखिया त हुन नि। एमावबादीले सम्बिधान बनाउन सकेन त्यसैले काङ्ग्रेस एमालेलाई जिताय देश नबनायपनि सम्बिधान त बनाउलान कि। एउटा भोट रुखलाई र आर्को भोट सूर्यलाई हाल्नुहोला। हुन त काङ्ग्रेस-एमाले पनि भोटहाल्न लायक दल त हैनन तैपनि “नहुने मामा भन्दा कानो मामा जाती”। आजलाई कुरा यहिं टुङग्याउहोला। अनि पल्लो गाउंको जुठे पनि यतै कतार आएछ। हिजो मत्रै भैटघाट भयो। के के न गरौंला भनेर जनसेना बनेको लोप्पा ख्वाईदेछन। युद्दकालमा सैनिक भाको जुठेले सेना समायोजनमा सरकारी आर्मि नहुने निर्णय गरेर एउटा चेक हात परेको थियोरे तर त्यहिपनि फेरि पार्टीको नेतालेनै लग्यो भनेर जागिर खान बिदेश आको रहेछ। उसको घरमा खबर सुनाईदिनहोला चञ्चो-आरामै छ भनेर। फोन कन्भरसेसन लामै हुन्छ। आमाले जवाफमा भन्छिन: “बाबु तिमिले ठिक भन्यौ तर यसपालि म एक भोट चाहिं गाई लाई दिने निर्णय गरेको छु। यो हाम्रो संस्कृति बिगार्नेमा काङ्ग्रेस-एमाले पनि हुन, मेरै आंखा अगाडी गाई कटेर खाएको देख्दा मलाई असाध्यै चित्त दुखेको छ। धर्म संस्कृति जोगाउने पार्टि छ रे नि त कमल थापाको गाई चिन्ह। गाउंभरि छ्यास-छ्यास्ति कृष्चियनहरु र अन्य गतिबिधि बढेका छन। हाम्रो धर्म जोगाउन गार्हो हुने भो। जे भएपनि बाबु तं जहां भयपनि गाईको मासु नखानु है। आफ्नो धर्म-संस्कृति नछाड्नु। तेरो कुरा म बालाई राखौंला, हुन्छत अहिले फोन राखें मैले। हाम्रो आशिर्बाद छ, राम्रो संग काम गर्नु, स्वस्थ्यको ख्याल गर्नु चांडै नेपाल आउनु”।
CAv2 को चुनाब पश्चात गगनथाप ले एक टिभि मा Interview दिंदै गर्दा भनेका थिय: “म चुनाबको दिनमा मेरै क्षेत्रको एक बुंथमा के कसो छ त भनेर पुगें। बुंथबाट एकजना भोलुन्टियर कार्यकर्ता पनि मेरै नजिक आएर चिया अडर गरे अनि मलाई भने: दाई हुनत म एमावबादीको कर्यकर्ता हुं तर भोट त मैले दाईलाई नै ड्याम्म पारें।……“
CAv2 चुनाबताका खाजा खाने समयमा रेष्टुरेण्टमा दुई बुद्धिजिबिको कुरा सुन्ने मौका मैले पएको थिय: “के गर्ने यार म एमाओबादिकै कार्यकर्ता हुं। पर्सिको चुनाबमा घरमा बा-आमा, श्रिमति, बहिनि, दाई-भाइले सोदेका छन के मा भोट हाल्ने भनेर। तर मैले भित्रै दिलदेखि एमावबादीलाई हाल भनेर भन्न सकिन। यसो घोषणा पत्र हेर्छु: जातिय नामको राज्य, अझ प्रत्यक थरको उपराज्य र, जातिय अग्राधिकार दिने भन्ने चिजहरुले दिमाग घुम्छ। त्यसैले मैले भने: अक्षर पढ्न आउंछ, सबै मुख्य पार्टिहरुको चुनाबि घोषणापत्र पढ्नु र आफ्नो दिलले जुन पार्टीलाई दिन मन लाग्छ दिनु। यसपालि यसैलाई भोट हाल भनेर कुनै सर्कुलेसन गर्दिन म।.. यहि भन्न बाध्य भाछु म त, तेरो के छ नि......?
"
आखिरी “मुखमा राम-राम बगालिमा छुरा” किन भयो त? सम्बन्धितलाई चेतना भया।
---------------------
आखिरी “मुखमा राम-राम बगालिमा छुरा” किन भयो त? सम्बन्धितलाई चेतना भया।
---------------------
Masters in Public Administration (MPA) को कोर्स ज्वाईन गरेर पहिलो बर्षको परिक्षा दिंदा सम्म भने मलाई पनि यो राजनिती भन्ने शब्दले निकै घचघच्यायो। Government Administration System र Politics को सम्बन्ध, Politics मा सिद्दान्त र जनताको मर्म संगको सम्वन्धका बारेमा बुझ्ने मौका पाय पश्चात मैले के महसुस गरेको छु भने नेपालमा पोलिटिक्स भन्ने शब्दको चरम दूरुपयोग भएको हो। सच्चा पोलिटिक्स गर्छु भन्ने पार्टिका ढोंगि पोलिटिसियन होस वा यिनै पोलिटिसियन भन्नेहरुको अदृश्य खोल ओढेका Bureaucrats हुन सबैले political science पढ्नु जरुरि देखिन्छ। किनकि पोलिटिक्स को मिनिङ बुझ्नु नै महत्वपूर्ण हुन्छ। यहांत कुन पार्टिको सिद्दान्त के हो? मलाई त बुझ्नै गाह्रो भएको छ। चुनावमा एउटा पार्टीबाट टिकट पाईएन बजाईदे आर्को पार्टि बाट। पार्टिहरु आफैभित्र अलोकतान्त्रिक भए गुट-उपगुट बन्दै अन्त्त: फुटाईदे पार्टि। पोलिटिक्समा जात घुस्यो, यो जातलाई भएन उ-जातलाई भएन, फुटाईदे पार्टी, बनाईदे जातिय/क्षेत्रिय पार्टी। फलानो पार्टीको सदस्य लिने भए मिल्छ जागिर, मिल्छ प्रोमोसन, मिल्छ-मिलाईन्छ पद। प्रचण्ड देखि प्रकास-बिनामगर देखि पदम कुंवर सम्म, वलि देखि परशुराम बश्नेत सम्म, गच्छेदार देखि गणेश लामा सम्म, शुसिल देखि सुजाता देखि रुबेल चौधरी सम्म, सचिब देखि सेक्सन अफिसर देखि पियन/ड्राईभर सम्म, महा-निर्देशक देखि निर्देशक देखि पियन/ड्राईभर सम्म, भिसि देखि क्याम्पस प्रमुख देखि बिभागिय प्रमुख-उपप्रमुख सम्म, प्रोफेसर देखि लेक्चरर देखि बिध्यार्थि सम्म, प्राधानाध्यापक देखि शिक्षक देखि बिध्यार्थि सम्म आदि आदि केबल पोलिटिक्स हैन डर्टि गेम मात्र चल्छ यहां। तशर्थ पोलिटिसिन भन्नु भन्दा डर्टिगेमर भन्नै ठिक हुन्छ।
पहिले सोर्स-फर्स लगायत खुल्ला मैदानबाटै जागिर खायकै हुन काठमाडौंका हुने खानले। काठमाडौंको मुटु जहां आनाको करोड पर्ने टाउंमा घर छ, देशकै नभनौ सन्सारकै शैक्षिक क्वालिटी दिने संस्थामा स्कुल पढियो, English त खरर.. TOEFL/IELTS/SAT/GRE/GMAT मा टन्नै मार्क्स पनि हानियो, मिले स्कलर्सिप नमिले छंदै छ नि बाउको सम्पत्ति जिन्दाबाद, Bachelor/Masters र उस्तैपरे Ph.D. पनि गरिन्छ। अनि जागिर त सेफ नै छ नि नेपालमा, दलित-जनजाति परियो। पहिले खुल्लाबाट मात्रै छिर्न गार्हो थियो अहिलेत हाम्रै लागि त छ नि जागिर त्यो पनि कोटामा कति सजिलो। माओबादिले युद्ध लडेर जे भए पनि हाम्रै लागि राम्रो गरेछ भन्नेहरुको जमात पनि निकै छन यो देशमा।
बिचारा मेरो गाउंको बाहुन बा! शासक बर्गका परे। तथापि मेरो बर्गलाई हेर्ने को होला? भनेर खोजतलास गर्दैछन, सकि-नसकि स्वास-प्रस्वास गर्दैछन, दम प्रेसरले पनि समाईसक्यो।
-----------------------------
-----------------------------
CAv2 को नतिजा पनि आईनै सक्यो। यो नतिजा भनेको डार्बिनको “Theory of Natural Selection” को सिद्धान्त अनुरुपनै हो भन्ने म ठान्छु। देशि-बिदेशि जसलाई जे दोस लगाय पनि मैले SLC देखि CAv1 देखि CAv2 सम्म आइपुग्दा जे देखें त्यो मैले यस ब्लग मार्फत प्रष्फुटन गर्न कोषिश गरेको मात्र हो। न यो लिखत को फ्लो राम्रो छ, न त भाषा नै। न मलाई नेपालीमा लेख्न राम्रो आउंछ, न त अंग्रजिमै। म पनि उहि देशको नागरिक न हुं जुन देश न स्वदेशिले चलाउंछ न बिदेशिले। यो मेरो बिसुद्ध अनुभव हो जसमा ९५% भन्दा बढि सत्यता म देख्दछु। यो लेखबाट मैले कुनै दल, जात-जाति, धर्म, लिङ्ग, ब्यक्ति, सिस्टम, संस्था आदी बिशेष लाई आक्षेप लगाउन खोजेको हैन। यदि यस्तो महशुस भएमा माफ गर्नु होला। मेरो यो मनसाय हैन। जे भएपनि देशमा अपेक्षाकृत भन्दा छिट्टै परिवर्तन आएको हो, यसलाई म सम्मान गर्छु। सकरात्मक तरिकाबाट परिबर्तनको सम्बाहक बनौं यसैमा सबैको भलो छ। CAv2 को Result लाई सकरात्मक एनालाइसिस गरेर सबै दलले आफ्नो भविश्य कोर्न अनुरोद गर्छु। परिबर्तनकारी हौं भन्नेहरु यहि पाराबाटै हिड्ने कोशिष गरे भने यो पक्का छ कि परिबर्तनकारी हुं भन्नेहरु सकिन्छन। यदि यसो हैन भने डार्बिनको “Theory of Natural Selection” र “Survival of Fittest” को सिद्धान्तलाई परिबर्तन गर्ने बेला आउंदैछ भन्नु पर्ला।
हालै संसारकै पोलिटिकल लिडर मानिने नेल्सन मण्डेलाको निदन भयो। जय नेल्सन मण्डेला!! स्वर्ग लोकमा नेपालि भाषा जानेको र पोलिटिक्स भन्ने शब्द बुझेको मण्डेलाको संगतमा कोहि छन भने नेपालतिर पठाईदिन आग्रह गर्दछु।
हालै संसारकै पोलिटिकल लिडर मानिने नेल्सन मण्डेलाको निदन भयो। जय नेल्सन मण्डेला!! स्वर्ग लोकमा नेपालि भाषा जानेको र पोलिटिक्स भन्ने शब्द बुझेको मण्डेलाको संगतमा कोहि छन भने नेपालतिर पठाईदिन आग्रह गर्दछु।
baburam ji, blog gajab chha. Malai mann paryo.
ReplyDeletebaburam sir hamile surkhet ma ur book capsules of c programming pauna sakenau . so yasko soft copy or book surkhet ma pauna k garnu parxa
ReplyDeleteSubash JI,
DeleteThank you for this. could you please inform us the nearest book store there? (stationary shop), we may deliver the book to the store from where student can get it.
or either you may call the publication "vidyarthi pustak bhandar" to order the quantity for direct delivery. please see the publisher's website for contact.
BRD