यहांहरुमा समर्पित!
बैशख १२ को भूकम्पले थलियका ति गउंले बा-आमाको नाममा ।देशमा रोरजगार बिहिन भै बाद्यताले आफ्नो परिवारलाई चटक्कै छाडेर खाडी मुलुकमा काम गर्नेका नाममा ।
देशलाई एकताको र बिकास को ढोंङ फुक्ने र सिन्को नभाँच्ने अनि बिदेशिको इशारामा देश टुक्रा-टुक्रा पार्न खोज्ने साथै भूकम्पमाथी राजनीति गर्ने नेता र सरकारका नाममा।
रात दिन चीसो छिडींमा बसि खाडीमा भएका आफ्ना श्रीमान सम्झने ति छोरी-चेलीका नाममा।
शिर्षक: औषधीको ट्याब्लेट
थेगो:
दैव पनि निष्ठूरी भो, मैले दू:ख धेरै पाएं।
चिन्ता धेरै बढ्दै नै गो, मैले ट्याव्लेट थपि खाएं।
गित:
बाचा गरें तिम्लाई दिने कम्प्युटर र ट्याब्लेट
तर ज्यानको भर भयो औषधिको ट्याब्लेट।
डाक्टर साबले भने: तिमी बाउ बन्ने भाछौ
माया गर्छु भन्दै ढांट्यौ भन अहिले कांछौ?
तिम्रो हालत कस्तो होला, चिन्ता बढ्दै गयो
तिम्रै पिरले ट्याब्लेट धेरै लिनुपर्ने भयो।
साईबर जान सकिन म, चिन्ता बढ्दै
गयो
तिम्रै पिरले ट्याब्लेट धेरै लिनुपर्ने
भयो।
बिदेशिको काम गर्नलाई तेति सहज छैन
आफ्नै देशमा रोजगारीको व्यवस्थानी भैन।
भुकम्प
र पराकम्पले धर्ती फाटी गयो
गाउंले
अनि बा-आमाको बेहालै भयो।
जोत्ने खेत फाट्यो होला, के रयो होला घर
भुकम्पले अस्तव्यस्त राज्यको छैन भर।
दिनरात खाली आकास पानी बर्षा भैगो
चीसो भैगो दमले च्याप्यो बाको
ज्यान गैगो।
फर्कि आउन मन थियो कमाई टन्न धन
तिम्रा बाचा पुरा भैनन दू:खी भाछ मन।
औंठी बेची रिङ बेची पैसा पठाई दिउंला
टिकट काटी फर्की आउनु जे छ त्यहि खाउंला।
वल्ला घर पल्ला घर रिणको पाथी भर्नु
आफू संगै आमाकोनी बिषेश ख्याल गर्नु।
तिम्रो हालत सुन्दा मेरो बांच्ने आधार गैगो
छिट्टै फर्की आउनु अव जे त हुनु
भैगो।
तिम्रो हालत सुन्दा मेरो बांच्ने आदार गैगो
आफ्नै गाउं फर्कि आएं जे त हुनु भैगो।
माया पाय औषधी चाहिंदैन
अब विदेश जानलाई पाईंदैन।
माया पाय औषधी
चाहिंदैन
कर्म
गर्छु बाचा चैं खाइंदैन।