(नेपालको जेनजी बिस्फोट पछि पुनर्ताजगि यस ब्यङ्ग्यात्मक लेख लेखकको बिशुद्द व्यक्तिगत धारणा हो। यसमा नेपालका बिभिन्न
क्षत्रका बिज्ञ र ब्रोकरको अन्तर सम्वन्धलाइ पटाक्षेप गर्न खोजिएको मात्र हो । कसैको
वास्तविक जिवनसंग मेल खान गएमा क्षमा दिनुहोला)
This is an Unedited Preprint Version; Edited Version is Published at TechPana Online News Media.
दलतन्त्रमा ब्रोकरहरुको राज
प्राजतन्त्र र विधिको शासन चाहिन्छ भनि २०४६ सालदेखिका ठूला आन्दोलनहरुमा जनताले दलहरुलाई पूर्ण साथ र सहयोग गरेकै हो। जनताको र दलहरुको चाहना अनुरुप आज संघीय गणतान्त्रिक लोकतन्त्र प्राप्त भएतापनि दलहरुको शासकीय प्रबृत्तिले जनताको अपेक्षामा कुठाराघात भएको संकेत पछिल्लो जेनजी बिस्फोटले प्रष्ट देखाउँछ। यस लेखमा दलतन्त्रको परिणाम देशमा जनताको हैन ब्रोकरहरुलेमात्र राज गरेकोपो होकी भन्ने संकेत गर्दै अवका दिनमा यस्तो नहोस भन्ने चाहना सहित व्यङ्ग्यात्मक प्रस्तुति गिएको छ।
केमेस्ट्रीको पढाइमा एउटा लोकपृय भनाई छः “सवै अल्काली बेस हुन तर सवै बेस अल्काली हैनन्”, तेस्तै नेपालका बिज्ञको हकमा यस्तोपो भन्न मिल्लाकीः “सवै ब्रोकर बिज्ञ हुन, तर सबै बिज्ञ ब्रोकर हैनन्”। यो भनाई सवैका लागि सत्य नमानौं किनकी “सबै बिज्ञ ब्रोकर हुँदैनन र सवै ब्रोकर बिज्ञ पनि हुँदैनन” भन्ने पनि केही हदसम्म सत्यनै हुन्छ। यस लेखमा बिज्ञ र ब्रोकर शब्दहरुलाई पार्टीगत संलग्नता संगै ब्याङ्ग्य प्रायोजनको लागि एक-अर्काका पर्यायवाचीको रुपमा प्रस्तुत गरिएको छ ।
पछिल्लो समयमा गिरिवन्धु, ललिता निवास, टिकापुर, बाँसबारी जग्गा जस्ता नीतिगत भ्रष्टाचार र भुटानी शरणार्थी, यति-ओम्नि, वाइडवडी, गेटवे, सेक्युरिटी प्रेस, टेरामक्स आदि जस्ता लेनदेनका भ्रष्टाचार काण्डहरु बास्तवमा बिज्ञ र ब्रोकरहरुकै साँठगाँठको उपज हो । गृहमन्त्रीका सुरक्षा सल्लाहकार यानेकी सुरक्षा बिज्ञ तत्कालिन मन्त्री संगै भुटानी शरणार्थी काण्डका मानव तस्करी गर्ने लिस्टमा परे, अर्थात मानव तस्करीका ब्रोकर ।
एक जना बिज्ञ टेलिभिजन पत्रकारले राजनीतिक बिज्ञ बन्ने भन्दै पेशा
परीवर्तन गरेर सफलता हाँसिल गर्दै ठुलै नेता बन्ने संकेत गर्दै थिए, उनले अर्का
टलिभिजन बिज्ञ पत्रकारलाई “जोकर” भने, तर
धरै जनता कन्फ्युज छन – “जोकर” हो की “ब्रोकर” हो भनेर।
यसरी ति बिज्ञ पनि जोकर र ब्रोकरहरुको कोपभाजनमा परेकी भन्नेछ। सहकारी ठगीको
अनुसन्धान जरातिर हैन टुप्पातिर भैराखेको जस्तो समाचारहरुबाट बुझ्न सकिने
देखिएकाले “प्रत्यक्ष
संलग्न घर बस्नि अप्रत्यक्ष संलग्न वा असंलग्न जेल पस्नि” जस्तै भैराखेको पो
होकी ।
न्यायालयमा न्याय भन्दा कानुन बढी हावी
भएपछि कागजी खोस्टोको दर्ता प्रकृया नमिल्दा करोडौंको खर्च गरेर चितवनमा पूनः
चुनाव भएको हामिले देखेकै छौं । त्यस्तै जोडिएको नेकपा फुटेर पुरानै अवस्थामा
पुगेको पनि देख्यौं। यस्ता आदेशहरुले लाग्छ कतै “मेरो जन्मने
प्रकृया मिलेन भनेर” मुद्दा प-यो भने “उहाँको जन्मने प्रकृया मिलेन त्यसैले पूनः
आमाको गर्वमा गएर फेरी जन्मनु पर्नेछ” भन्ने आदेशपो आउने होकि । यसैले लाग्छ
न्यायमुर्तीहरु कहिलेकाहीं “बादिका पनि बिज्ञ, प्रतिवादीका पनि बिज्ञ” ।
सेक्युरिटी प्रेस, गेटवे, एमडिएमएस
आदि काण्डहरु घटिसकेका छन, जहाँ बिज्ञ ब्रोकर बनेका छन वा बनाइएका छन, यस्ता
काण्डहरुमा केही बिज्ञ जेल परेका छन, तर प्रत्यक्ष-अप्रत्यक्ष संलग्न अन्य
ठूला-बडा खेलाडीहरु भने मज्जाले घर बसेकाछन । केहीले आफ्नो निर्दोशी अदालतमा प्रमाणित
गर्न नसक्दा वा ब्रोकरलाई थामथुम पार्न नजान्दा इज्जतको सवालसंगै अनाहकमा ज्यान
पनि गुमाई रहेका छन ।
सरकारी निकायमा काम गर्ने बिज्ञ
कर्मचारीहरु आज भोलि “नतिजा मुखी” भएका छन
। कानुन, नीति-नियम, औचित्यको वास्तै नगरी “काम
चाहीं देखिने नतिजा नदेखिने” यस्ता टेण्डर काण्डहरु
घटाएको देख्दा लाग्छ “काम देखाई खाम
हात पार्ने” प्रचलनमा बढि बिज्ञता देखिन
थालेको छ । “चयनमुखी अनुसन्धान र मुद्दा दर्ता गरेको देखियो” भनि अदालतले
अक्तियारलाई ध्यानाकर्षणनै गर्नु परकोछ । यसैको परिणाम होला स्वच्छ छविका
राष्ट्रसेवक कर्मचारीहरु आतंकित छन् भने भ्रष्टाचारप्रमेमीहरु खुशि भैरहेको अवस्था
छ।
नेपालमा सामान्य दुइ-चार करोडको
टेन्डर खुल्योकी अक्तियार मार्फत वा सोझै अदालतमा मुद्दा पर्ने लगभग पक्काछ ।
टेण्डर खुलाउने सरकारी र संस्थानका बिज्ञहरुको साँठगाँठ त्यत्तिकै गज्जवको छ भने,
सरोकारवाला हुँ भन्दै सलवलाउने बजारका ब्रोकरहरुमार्फत बार्गेनिङ्कै लागि पनि कतिपय
मुद्दाहरु अदालतमा दर्ता हुने गरेका छन् ।
हाम्रा विश्वविद्यालयका केही
प्राध्यापकहरु त हार्भाड र एमआइटीका प्राध्यापक भन्दानी अब्बल छन्,
विश्वविद्यालयको -याङ्क १२/१३ सयमा भएपनि १०० डलरमा नाम दर्ता गराई मुल्याङ्कन गर्ने प्रिड्याटरी
संस्थाले हाम्रा प्राध्यापकलाई उपलब्ध गराएको टप -याङ्कले विषेश गरी त्रिभुवन
विश्वविद्यालयको इज्जत धानिएकै छ ।
बिना अनुसन्धान
ग्रान्ट हाम्रा प्राध्यापकले स्वदेश र विदेशका विश्वविद्यालयहरुमा २०औं, ३०औं
मास्टर्स थेसिस र १०औं, १५औं पिएचडी थेसिस एकै समयमा सुपरभाइज गर्ने क्षमता
राख्दछन्, तेतिमात्र हैन विद्यावारिधिवाला डाक्टरसाव बन्ने प्रचुर चाहना गर्ने
नेपालीहरुलाई ब्लाकलिस्टमा परेका बाहिरका विश्वविद्यालयमा भर्ना गरेर उपाधि
प्राप्त गराएकै छन् ।
त्रि. वि.
सेवा उत्तिर्ण हुन नसके पछि आन्दोलन गरी जुस पिएर स्थाइ सेवा प्रवेश गरेका र
नक्कली सर्टिफिकेट भएका बिज्ञ प्राध्यापकहरुको प्राध्यापनले आजसम्म त्रि. वि.
धानिएकै छ । अझ पछिल्लो समयमा त "प्राज्ञिक बिशिष्टता" को आधारमा
भन्दै कयौं पटक सेवा आयोग परीक्षा उत्तिर्ण हुन नसकेका र अध्यापन अनुभवनै नभएकाहरुलाई
सामान्य अन्तरवार्ता लिएर स्थाई सेवा प्रवेश गराइएका ज्वाँइसाबहरुले प्राज्ञिक विशिष्टता कायम राख्नुको सट्टा पार्टी संगठनका नाइके बन्दै पदाधिकारी बन्ने दौडमा लागेको देख्दा चाहीं भने आशा गरौं त्रि. वि. पक्कै
सुध्रिन्छ ।
अस्पतालका डाक्टरहरु सरोगेसीका
बिज्ञ, गर्वपतनका बिज्ञ, मृगौला निकासीका बिज्ञ, सरकारी अस्पतालका अनि नीजिका पनि
बिज्ञ । विश्वविद्यालय लगायत सरकारी संस्थानमा नियुक्त प्रायः पदाधिकारीहरु “आँफै
रेगुलेटर अनि आँफै अपरेटर,” अनि
बन्दैन त अन्तराष्ट्रिय स्तरको संस्था र विश्वविद्यालय ।
राजनीति गर्नेहरुले मुल्य-मान्यतामा राजनीति गरेका
छन वा कुटनीति/कूनीति/ब्रोकरिङ् मात्रै गरेका छन, छुट्याउन बडो गाह्रो छ नेपालमा । बिज्ञ बन्न भने निकैनै
गाह्रो छ नेपालमा, किन
भने बिज्ञता हाँसिल त राजनीति गरेमात्र प्राप्त गर्न सकिन्छ भन्ने सिद्दान्त स्थापित
भइसकेको छ । त्यसैलेत त्रि. वि. लगायत
नेपालका विश्वविद्यालयहरुको नियुक्तिहरुको हालत हामी सबैले देखिरहेकै छौं ।
शिक्षक, कर्मचारी र
विद्यार्थिहरुका संघ-संघठनहरुले राजनीतिक बिज्ञता हाँसिल गरेको बाहेक अरु केही
कार्य गरेको जस्तो देखिंदैन, किन भने बिज्ञ जो बन्नुछ । यहाँत बिद्यार्थी संगठनका नेताहरु यति ठुला
बिज्ञ भइसकेका छन कि खुलम-खुला चुनौती दिंदै उस्तै परे विश्वविद्यालयका पदीय
जिम्मेवारी वहन गरेर सँस्था हाँक्न पछि पर्दैनन् र आँफुले रोजेको पदाधिकारी नपरे
बिभिन्न मागमा तालाबन्दी पनि गरेकै छन् ।
इन्भेन्सन के गरे थाहा छैन, तर
नेपालका महान बैज्ञानिक महाबिर पुन दिक्क भइरहेको बेलामा जेनजीहरुले फ्याट्ट
मन्त्री बनाईदेका छन् । अनुसन्धान र इनोभेसन बिना
देश बन्दैन भन्ने उनको अडान कायमै छ, तर स्टार्टप कम्पनी खोलेर २/४ वटा वेवसाइट
बनाउनेहरु सरकारी निकायका प्रविधि बिज्ञ र सल्लाहकार भएको अवस्थामा उनी जस्तो महान
बैज्ञाकनिकका कुरा पहिले नसुनिएको भएता पनि अवत आफै बिज्ञान मन्त्री भएकाले
सुनाउलान भन्ने आशा छ । बल्ल-बल्ल आन्दोलननै गरेर एक अर्वको बिज्ञ उत्पादन गर्ने
अनुसन्धान कोषत खडा गर्न सफल भएका थिय तर हालसम्मको प्रगति सुन्यनै देखिएकोले अब
जिम्मा उनैलाई प्राप्त भएको छ।
कुनै एक बिषयको बिज्ञ बनिसकेपछि
नेपालमा सबै बिषयका बिज्ञ हुन भने सजलो छ है। एकै जना बिज्ञ विश्वविद्यालयका पदाधिकारी
देखि, बैङ्क/निगमका
कार्यकारी निर्देशक देखि अध्यक्ष हुँदै जिवनकाल भरी देशलाई थुप्रै योगदान गरेका
उदाहरण छन् । यस्ता बिज्ञहरुको बिज्ञताको प्रसस्त नतिजा सहायद हामीले देख्नेनै छौं
र देखिरहेकै छौं।
कहिले काहीं आँफुले खोजेको बिज्ञ
नियुक्त गर्न नीति नियमले रोक्यो भने मन्त्रिज्यूले नीति-नियममै परिवर्तन
गर्दिनुहुन्छ, किन भने देश बिकास त गर्नै प-यो जसरी भए पनि आफ्ना बिज्ञलाई नियुक्त
गरेर । जुन बिज्ञको आवश्कता छ, उसैको नियुक्ति जरुरी त पर्छ नै । कहिले साँच्चैको
बिज्ञले नियुक्ती लिन्छकी भनेर रोक्नलाई नियम परिवर्तन गरिन्छ भने कहिले आफ्ना बिज्ञ
ल्याउन पनि नियम परिवर्तन गरिन्छ, जे होस परिवर्तननै देश बिकासको सम्वाहक हो भन्ने
हामी सवैले बुझेकै छौं।
सम्विधानमै “समाजवाद” उल्लेख
गरेसी सम्विधान बनेदेखी देश त समाजवादमा गैसकेकै लगभग १० बर्ष भइसक्यो। त्यसैले
आजभोलि सवै पार्टीमा समाजवादी ब्रोकरहरु अर्थात समाजवादका
बिज्ञहरुको बाहुल्य छ । “हुने खानेसंग
लिने नहुनेलाई दिने” भन्ने समाजवादी
नारा परिवर्तन भइसकेर “हुने खानेसंग
लिने हुनेखानेलाईनै दिने” भन्ने भइ सक्यो,
जुन
कुरा पछिल्ला संसदीय चुनाव र समानुपातिक सांसदहरुको छनौटबाटै देखिइसकेको छ ।
चुनाव ताका र पछिल्ला ठुला दलका
शासकहरुले खुबै घन्काय यस्ता नाराहरु - “शिक्षा-स्वास्थ्य
फिरी, सवै नेपालीले पैसै नतिरी”, “घर-घरमा
ग्याँस, हावाबाट बिजुली”, “पूर्वपश्चिम रेल, कुश्मा स्टेसनमा ठेलमठेल” आदि आदि । “इनफ इज इनफ”, अति हुँदा खति
भयो। दलतन्त्र, जुटतन्त्र, फुटतन्त्र, लुटतन्त्र, घुषतन्त्र आदिले गर्दा जेनजीको
धैर्यताको बाँद फुट्दा र सरकारले जेनजी पर्व घटाउँदा हाम्रा महान पार्टीका महान
नेताहरु घर-घरमै कुटिए, चुटिए, खेदिए अनि अकल्पनीय रुपमा सत्ताच्यूत हुन पुगेका
छन् । पार्टीहरुको उठ्ने, जुट्ने अनि लुट्ने कार्य जारी रहयो भने जनताले कुट्ने
कार्य पनि जारीनै राख्ने देखिएको हुँदा दलहरुले सबक सिकेर आगामी दिनमा नेपाललाई यी
सम्पूर्ण बकृतिबाट जोगाउन आ-आफ्नो ठाउँबाट पहल गरौं ।
No comments:
Post a Comment