नेपालको डिजिटल रूपान्तरण तथा दिगो आर्थिक विकासका लागि आवश्यक डिजिटल पूर्वाधारको विकासबारे गरिएको महत्वपूर्ण अनुसन्धान अन्तर्राष्ट्रिय प्रतिष्ठित जर्नल प्रकाशक Springer Nature को जर्नल 'Digital Economy and Sustainable Development' मा प्रकाशित भएको छ।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका उप-प्राध्यापक तथा अनुसन्धानकर्ता डा. बाबुराम दवाडीको नेतृत्वमा
गरिएको उक्त अनुसन्धानले नेपालमा दिगो डिजिटल अर्थतन्त्र विकासका लागि आवश्यक डिजिटल
पूर्वाधार, नीति, तथा प्रविधिगत तयारीबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको छ।
“Towards
Robust Digital Infrastructure for Sustainable Digital Economy Development of
Nepal” शीर्षकको यस अनुसन्धानमा
डा. बाबुराम दवाडी पहिलो तथा Corresponding Author हुनुहुन्छ भने सह–लेखकका रूपमा चित्रण पोखरेल र रोशनी घिमिरे
रहेका छन्। नीति अनुसन्धान प्रतिश्ठानका लागि डा. बाबुराम दवाडीले गर्नु भएको अनुसन्धानमा अन्य अनुसन्धानकर्ताहरु
समेत संलग्न भइ थप अनुसन्धान गरी यो शोधपत्र प्रकाशन गरिएको छ।
अनुसन्धानको मुख्य उद्देश्यः
यस अध्ययनले नेपालमा डिजिटल अर्थतन्त्र
विस्तार गर्न आवश्यक डिजिटल पूर्वाधार, इन्टरनेट पहुँच, डिजिटल वित्तीय सेवा, साइबर सुरक्षा, तथा नीति–नियमहरूको अवस्थालाई विश्लेषण गर्दै दिगो डिजिटल विकासका
लागि आवश्यक रणनीतिहरू प्रस्ताव गरेको छ।
मुख्य निष्कर्षहरूः
·
नेपालमा मोबाइल बैंकिङ, डिजिटल वालेट तथा QR आधारित डिजिटल भुक्तानी
प्रणालीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ।
·
डिजिटल प्लेटफर्महरूको विस्तारले आर्थिक गतिविधि, वित्तीय समावेशिता र उद्यमशीलता
प्रवर्द्धन गर्न सहयोग पुर्याएको छ।
· डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन उच्च गतिको ब्रडब्यान्ड नेटवर्क
तथा सुरक्षित डिजिटल पूर्वाधार अत्यावश्यक रहेको छ।
·
ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्न सके
डिजिटल समावेशिता अझ सुदृढ हुन सक्छ।
No comments:
Post a Comment