Tuesday, October 12, 2010

मेरो नेपाली पत्र र बिधुत प्राधिकरण।

म आफ्नो ब्लगमा जहिले पनि जानी नजानि English मा लेख्न कोशिस गर्छु। किनभने कहिलेकाहीं मलाई बाहिर जाने चक्कर दिमागमा आउंछ। तर बाहिर जानको लागी TOEFL/IELTS/GRE मा टन्न हान्नु पार्छ। तसैले English Practice गरेको। आर्को कुरा मैले पढेको नेपली लगभग पोलेर खाइसकें। तर जब मेरो नेपाल दूरसंचार प्राधिकरणमा जब सुरु भयो, तेहि दिन देखि नेपाली भासाले मलाई छाडेन र मैले पनि नेपाली practice सुरु गरें। टिप्पणीं लेख्नु पर्ने ति माथी पुरा भासा मिलाउनु पर्ने। शुरु शरुमात गाह्रै पर्यो। नेपाली युनिकोड आएतापनि राम्रो शुद्धिकरण चाहिने। सिनियरहरुको सहयोगबाट आजकाल भने अलि अलि आउंछ। तर अझै पर्फेक्ट त कहां छु र?

यो नेपालीमा पत्र र टिप्पणीं लेख्ने बानिले होला नेपाल बिधुत प्राधिकरणको एउटा कर्तुतलाई पत्रका मार्फत यस ब्लगमा हल्न मन लाग्यो।

केहि समय अघिको कुरा हो, हाम्रा छिमेकी तिन जनाले १/२ बर्ष अगाडीनै Single तार लाई नजिकैको पोल सम्म बिजुली ल्याएर प्राधिकरणकै सहयोगमा point निकाली (लेगल्ली निकालेको प्वाइन्ट हो) मिटरबक्समा बिजुली जोडे। तेहि पोलबाट नयां ग्राहकलाई बिजुली दिनको लागी नयां ग्राहकले पुरानो ग्राहकसंग लिखित सहमती दिएपछिमात्र प्राबिधिक क्षमताको आधारमा प्राधिकरणले नयांलाई बिजुलि दिने रहेछ। तर हाम्रा छिमेकीले के गरेछन भने, तारसंग सम्बन्धनै नभएकासंग खुसुक्क सहमती लिएर प्राधिकरणमा निबेदन ठोकेछन बिजुली जोडिपाउं भनेर। तर संबन्धित पोल र प्वाइन्टबाट लाइन तान्नलाई पुरानो ग्राहकले थाहा दिनु पर्ने भएकाले technician लाई यसो मिलाएछन (अब तपाईंले बुजिहाल्नु भयो नि प्राधिकरणका टेक्निसियन न हुन् तिमाथि नेपालका सरकारी कर्मचारी!!!!! हुन त म पनि सरकारी कर्मचारीनै परें.........................तर कसरी मिल्ने मिलाउने