Saturday, September 10, 2022

नेपालमा ५जी नेटवर्क माइग्रेसन सम्वन्धी अनुसन्धान प्रस्तावले जित्यो २० लाख रासिको युजिसि अवार्ड

दुरसञ्चार सम्वन्धि आधुनिक नेटवर्क प्रविधिहरुलाई संसारभर लगायत नेपालमा पनि लागु गर्ने उपायहरुको अनुसन्धान गर्दै आउनु भएका इन्जिनियरिङ् अध्ययन संस्थान (इ.. सं.) पुल्चोक क्याम्पसका उप-प्राध्यापक डा. बाबुराम दवाडीले कन्टेक्स, इस्युज आइन्ड सोलुसनस् टुवार्डस् फाइभजी (५जी) नेट्वर्क माइग्रेसन अफ नेपाल - सिसनेटमिन (Context, Issues, and Solutions towards 5G Networks Migration of Nepal – CISNetMiN) सम्वन्धि प्रस्तावमा विश्वविध्यालय अनुदान आयोग, नेपालबाट बर्ष ०७८/७९ को इन्जिनियरिङ अनुसन्धान आवार्ड प्राप्त गर्न सफल हुनु भएकोछ।


डा. बाबुराम दवाडी मुख्य सुपरभाइजर रही अनुशन्धान गरिने यस सहकार्यत्मक योजनामा युन्भर्सिटी अफ हेल्सिन्की, फिनल्याण्डका अनुसन्धान बैज्ञानिक डा. कृष्ण राज भण्डारी, इ.. सं. पुल्चोक क्याम्पसका उप-प्राध्यापक लोकनाथ रेग्मी, इ.. सं. थापाथली क्याम्पसका उप-प्राध्यापक बिनोद साप्कोटा, र इ.. सं. पश्चिमाञ्चल क्याम्पसका उप-प्राध्यापक रुपेश कुमार शाहको सह-सुपरभिजनमा पिएचडी र पोस्टडक्टरल अध्ययनका विध्यार्थीहरु अनुसनधानमा संलग्न हुनेछन, भने प्रा. डा. शशिधर राम जोशि, डिन-इ. अ. स., र प्रा. डा. दण्डबिर रावत, डीन-हवार्ड युनिभर्सिटि ले यस अनुसन्धानमा एडभाइजर भई सहयोग गर्नुहुनेछ। 


इन्जिनियरिङ् क्लस्टर अन्तर्गत परेका ५ वटा प्रस्तावहरु मध्ये युजिसिले गरेको प्रस्तावहरुको मुल्याङ्कन तथा मौखिक प्रस्तुतिकरण समेतको मुल्याङ्कनका आधारमा दुरसञ्चार क्षेत्रसंग सम्बन्धित डा. दवाडीको यस प्रस्तावले अवार्ड हाँसिल गरेकोहो। प्रत्येक वर्ष युजिसि-नेपालले इन्जिनियरिङ्, फरेस्ट्री, एग्रिकल्चर लगायतका बिभिन्न बिधाहरुमा अनुसन्धान प्रस्ताव माग गर्ने गरेको र राम्रा प्रस्तावहरुको छनोट गरि नेपालमा अनुसन्धानालाई ग्राहियता दिंदै आएकोछ।


नर्वेको एन. टि. एन. यु, विश्वविद्यालयबाट स्कलरसिप प्राप्त गरि सफ्टवयर डिफाइन्ड नेटवर्क (एसडिएन) र इन्टर्नेट प्रोटोकल भर्सन सिक्स (आइपिभिसिक्स) नेटवर्क जस्ता आधुनिक प्रविधिका सम्वन्धमा अनुसन्धान गरि विध्यावरिधि समेत प्राप्त गरेका डा. दवाडीले दुरसञ्चारमा आधुनिक प्रविधि लागु गर्दा हुने समस्या, चुनौति र समाधानका उपायहरुमा थुप्रै अनुसन्धानहरु गरि रेपुटेड अन्तराष्ट्रीय जर्नलहरुमा कृतिहरु प्रकाशन गर्नु भएकोछ।


द्रुत गतिको अनुसन्धान तथा सुचना प्रविधिमा भएको बिकासले जुन तहको फड्को मारेको छ सो संगै नेपाल लगायत संसारभरका सवै दुरसञ्चार तथा इन्टर्नेट सेवाप्रादायकहरुलाई नयाँ प्रविधि लागु गर्न ठुलै समस्या र चुनौतिहरु खडा भएका छन। आधुनिक सञ्चार प्रविधिलाई सञ्चालन गर्न सक्ने मानव स्रोत-साधनको बिकास, सेक्युरिटी र क्वालिटि अफ सर्भिसका चुनौतिहरु, साथै नयाँ प्रविधि लागु गर्दा लाग्न सक्ने ठुलो खर्च जस्तै पूँजिगत लगानी (क्यापेक्स) र अपरेसन/मेन्टेनेन्स खर्च (ओपेक्स) आदि विषयहरु नयाँ प्रविधि लागु गर्दा देखिने मुख्य चुनौतिहरु भएको डा. दवाडीले बताउनु भयो।


साइबर फिजिकल सिस्टम, नेटवर्क फङ्सन भर्चुवलाईजेसन, इन्ड्रस्ट्री ४.०, सोसाइटी ४.०, इन्टर्नेट अफ थिङ, रियल टाइम डिजयास्टर कम्युनिकेसन लगायतका थुप्रै बिधाहरुमा ५जी नेटवर्कले उपलब्ध गराएका सुविधाहरु जस्तैः इन्हान्स मोवाईल ब्रोड्बैण्ड, अल्ट्रा लो ल्याटेन्सी कम्युनिकेसन, म्यासिभ मोबाई टाइप कम्मुनिकेसन आदिको मुख्य भुमिका रहन्छ। चित्र-१ मा देखाईय जस्तो ५जि को कोर ब्याकबोन नेट्वर्क एसडिएन मा आधारित हुनाले र आइपिभिसिक्स एड्रेसिङ् लागु गर्नाले माथि उल्लेखित अन्य आधुनिक विधाहरुमा समेत यस्ता नयाँ दुरसञ्चार प्रविधिहरुको योगदान रहन्छ।




नियामक निकायको तर्फबाट पनि दुरसञ्चार प्राधिकरणले नेपालमा ५जी लागु गर्ने सम्वन्धमा बिशेष चासो राखेको हुनाले प्राधिकरणले परामर्शदाता मार्फत ५जी सम्भाव्यता अध्यन गरिसकेको छ। साथै ५जी मोबाइल कम्युनिकेसनका लागि सेवा प्रादायकलाई उपलब्ध गरिने फ्रिक्वेन्सी ले सर्ट रेन्ज डिभाइससंग गर्न सक्ने इन्टरफेरेन्स सम्वन्धी अध्ययन अनुसन्धान गर्न प्राधिकरणले इ.. सं. संग जीटुजी मार्फत सम्झौता गरि अनुसन्धान कार्य सम्पन्न गरिसकेकोछ।


सूचना तथा सञ्चार प्रविधि केन्द्रका निर्देशक सह-प्राध्यापक डा. सन्जिव प्रासाद पाण्डेको नेतृत्वमा डा. दवाडी समेत संलग्न अनुसन्धान टोलीले इ.. सं. को अनुसन्धान प्रयोगशाला (ल्यबोरेटरी फर आइसिटी रिसर्च आइन्ड डेभललपमेन्ट) मार्फत पोखरा अन्तराष्ट्रिय एअरपोर्टमा फिल्ड टेस्ट र थप कम्प्युटर सिमुलेसन गरि प्राधिकरणमा अनुसन्धान प्रतिवेदन बुझाइ सकेको जानकारी प्राप्त भएकोछ। 


.. २०१९ मा ट्रास्फरमेसन टु फ्युचर नेट्वर्किङ – ट्राफनेट नामको प्रस्तावले रु ४ लाख रासिको युजिसिवाट प्राप्त फ्याकल्टी अनुसन्धान ग्रान्ट अन्तर्गरत नेपालमा एसडिएन र आइपिभिसिक्स माइग्रेसनका समयस्या र चुनौति सहित समाधानका बारेमा अनुसन्धान गरिसकेका डा. दवाडीले यो नयाँ योजना अन्तर्गत नेपालमा ५जी लागु गर्ने सम्वन्धमा देखिने समस्या, चुनौती र सामाधानका उपायहरुका बारेमा सोध कार्य गर्नु नै यस अनुसन्धान योजनाको मुख्य उद्येश्य रहेको बताउनु भयो।

 

संसारभरका दुरसञ्चार तथा इन्टरनेट सेवाप्रादायकहरुले आफ्नो थ्रीजी (३ जी)/फरोजी (४ जी) नेट्वर्कलाई ५ जी मा माइग्रेसन गर्ने योजना तयार गरिरहँदा अनुसन्धान कर्ताहरुले भने सिक्सजी (६ जी) को कन्सेप्ट समेत तयार गरि बृहद अनुसन्धान गरिरहेका छन। नेपाल जस्तो बिकासशिल देशमा प्रायः आयातित प्रविधिहरु सेवाप्रादायकहरुले लागु गर्दै गरेको अवस्थामा नेपालको लागि उपयुक्त हुने गरि भइरहेका यस्ता खाले स्थानिय अनुसन्धानहरुले ठुलो महत्व राख्ने र देशको सामाजिक तथा भौगोलिक अवस्थालाई समेत ध्यानमा राखि गरिने यस्तै अनुसन्धानले देश बिकासमा टेवा पुग्ने आसा गर्न सकिन्छ।