Friday, March 10, 2017

नेपालमा सूचना तथा संचार क्षेत्रको बिकास र यसको नियमन: चूनौती र सम्भावना


दूरसञ्चार प्राधिकरणले हालै आफ्नो १९ औं बर्ष गांठ मनाएको छ। पूर्व-कर्मचारी र प्राधिकरणको परामर्शदाताको नाताले उक्त बर्ष गांठमा आमन्त्रण भएतापनि मेरो आफ्नो कार्य ब्यस्तताले उपस्थित हुन सकिन र यहिं बर्ष गांठ उपलक्षमा सानो लेख लेख्ने जमर्को गरेको छु।

मेरो प्राविधिक तथा प्रशासनिक शैक्षिक योग्यता, मैले विगत १३ बर्ष देखि हालसम्म देश-बिदेशमा रहि ग्रहण गरेको सूचना तथा सञ्चार सम्वन्धमा प्राविधीक र प्राधिकरणमै लगभग ३ बर्ष रहेर काम गर्दाको संस्थागत तथा क्षेत्रगत कार्यानुभवले नै मलाई देशको सूचाना तथा सञ्चारमा बिषेश गरि दूर-सञ्चार (Internet and Telecom) क्षेत्रको बारेमा यो लेख लेख्न  प्रेरणा मिलेको छ

देश, समाज तथा संस्था बिकासमा निम्न तीन खम्बा (Three Pillars of Development) को जग दरो हुनु जरूरी देखिन्छ, जसले बिकासका लागि आवश्यक अन्य मुख्य खम्वाहरु जस्थै शिक्षा (Education), कृषि(Agriculture), औधिगिकि(Industries), राजनिति(Politics), सु-साशन (Good Governance), पारदर्शिता (Transparency),  आदिलाई ड्राइभ (Drive) गर्दछ। ति मुख्य खम्वाहरु हुन:

1.    Access Network or Connectivity (रोड संजाल)

2.    Information and Communication (सूचाना तथा सञ्चार)

3.    Energy (उर्जा)

बैशख-१२ को महाभूकम्पले हामीलाई ठूलै पाठ सिकाएको छ कि नेपाल जस्तो भौगोलिक विकटता र विविधता भएको देशमा Disaster Recovery को लागी सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ। साथै गाउं-गाउंमा रोड सञ्जाल र उर्जाको आवश्यकता पूर्तिलेनै अन्य क्षेत्रगत विकासमा टेवा पु-याउने काम गर्दछ। उर्जा बिना देशमा प्रविधि भित्रन गाह्रो हुन्छ भने सडक सञ्जाल बिना बिकासका सम्भावित क्षेत्रहरु जस्तै कृषी, उध्योग