Tuesday, April 12, 2016

Imagination for New NEPAL with this NEW YEAR-2073 and Wishes for ALL

आदरणिय देश भक्त शुभ-चिन्तक समुदाय,
सहायद १० बर्षे जनयुद्धको म्यान्डेट नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड, अमेरिका आदि आदि बनाउने भन्ने नै लाग्थ्यो पहिले पहिले भाषण सुन्दा त। हाम्रा होनहार विद्वान नेताहरु र वुद्धिजिवि ठूला वडाहरु त्येसैका लागी रात-दिन खटेर लागेको तपाईं हामी सवैलाई छर्लङ्गै छ। अव देशलाई विपनामा सिङ्गापुर, स्वीजरल्याण्ड बनाउन नसके पनि सपनामा देख्नलाई त कसले रोक्छ र हैन? तपाईंले पनि मैले जस्तै मनमा लागेको कल्पना गर्न सक्नु हुन्छ है नयाँ नेपालको लागि। नयाँ बर्ष २०७३ संगै यस्ता कल्पनाहरु साकार हुंदै जाउन। यहि मेरो शुभकामना। (यस कथाका पात्र काल्पनिक हुन कसै संग मेल खायमा संयोगमात्र हुने छ।)
**
केद्रिय पास्पोर्ट अफिसबाट: हेल्लो रागवजी, National ID: 234617, PAN: 00564382, तपाईको हिजोको Online आवेदन, Transaction No 3452 को पासपोर्ट तयार भयो, तपाईले अनलाईनमा दिएको डेलिभरि Address ठिक छ भने पठाईदिन्छु म? के भन्नु हुन्छ?
रागवजी: नमस्ते हजुर, मैले दिएको Address ठिक छ, डेलिभरि गर्दिनु होला, धन्यवाद।
**
यातायात कार्यालयबाट: रागवजी, National ID: 234617, PAN: 00564382, तपाईले फलानो नम्वरको बाईकको कर सगै गर्नु भएको Insurance डबल भएको देखियो। पुरानै Insurance थप ६ महिना बांकी छंदा फेरि Insurance गर्नु भएछ। त्यसैले उक्त Insurance को Transaction क्यान्सिल गरि तपाईको सिद्धर्थ ब्याङ्कको खातामा पैसा फिर्ता भएको छ कन्फर्म गर्नुहोला।धन्यवाद।
रागवजी: अहो, सरि सर फर द मिस्टेक, धेरै धेरै धन्यवाद।
(यो पङ्तिकारले बाईकको बिल-बुक renew गर्दा Insurance पनि अनिवार्य भनेको हुंदा पुरानो Insurance भएको ख्यालनै नगरी फेरि Insurance गर्न पुगे  र हिजो मात्रै २०७२ सालको सवारी साधन कर तिरे, Insurance Double गरियो पैसा त्येत्तिकै पच....)
**
रागवजी: (Phone to Insurance Office): हेल्लो (Machine Operator), तपाईंले खोजेको शाखाको आन्तरिक नम्वर थाहा भएमा उक्त नं डायल गर्नुहोस, साधरण सोदपुछका लागि नं ० डायल गर्नुहोस, Insurance सम्वन्धमा नं १२० मा डायल गर्नुहोस, दुर्धटना र Insurance claim गर्नु परेमा नं १११ डायल गर्नुहोस......डायल नं १११,
Insurance Officer: हेल्लो, Insurance Claim, May I help you please? रागबजी: हजुर मेरो National ID: 234617, Bike Third Party Insurance No:  3452, मेरो बाईक दुर्धट्नामा परि Pedestrian को दांया खुट्टा भांचियो म अहिले हस्पिटलमा छु, Insurance Claim को लागि के गर्नु पर्छ?
Insurance Officer: हमममम.... दुर्धटना स्थलको १-२ फोटो सहित पोलिसबाट सर्जमिन गरेको कागजको स्क्यान कपि, घटनाको पूर्ण विवरण र उपचारार्थ अस्पतालको विवरण सहित Online बाट आवेदन दिनुहोला, Inspection र आवश्यक बयानका लागि हाम्रो Agent १ घण्टामा त्यहां (अस्पतालमा) आउने छ। औषधी उपचारको सम्पूर्ण बिल, डाक्टरको डकुमेण्ट सहित सवै सक्कलै प्रति लियर १ महिना भित्र हाम्रो संस्थाको कुनै शाखामा Insurance Claim गर्न उपस्थित हुनुहोला। धन्यवाद।
**
सर्वोच्च अदालतबाट (SMS वा फोन): हेल्लो रागवजी, National ID: 234617, मुद्धा नं ३४२, तपाईंको मुद्दाको पेशि भोली १ बजे रहेको हुंदा उपस्थित हुनु होला अर्थात Video Conferencing मा आउनुहोला, अन्य सवै यस अदालतको वेबसाईटमा हेर्नुहोला, धन्यवाद।
रागवजी: हस् हजुर, धन्यबाद।
**
हल्चोक पेट्रोल स्टेसनबाट(SMS) : हेल्लो रागवजी, National ID: 234617, Transaction No: 453, तपाईले बाइकको ५लिटर पेट्रोलको लागि गर्नु भएको Reservation अनुसार भोलि (आइतबार) १ देखि १:२० बजे भित्र पेट्रोल भर्न आउनुहोला।सो समयमा नआएको खण्डमा थप Appointment को लागि वेबसाईट हेर्नुहोला, धन्याबद।
**
ट्राफिक कार्यालयवाट (SMS, email): हेल्लो रागवजी, National ID: 234617, बाइक न: ९३०९, तपाईंले मिति २०७३-०१-०२ मा १२ देखि १२:४५ बजे सम्म NEW Road Non-Parking Area मा बाइक पार्किङ्ग गरेको पाईएकोले ट्राफिक नियमावली-२०७२ को दफा १२ उपदफा ३ अनुसार लाग्ने फाइन आजको ७ दिन भित्र क्लियर गर्नुहोला। अन्याथा नियमानुसार थप कार्बाही अगाडी बढाईने व्यहोरा जानकारी गराईन्छ।धन्याबाद।
**
रागवजी: २०७२ सालको Tax Clearance Certificate चाहिएकोले काठमाडौं कर कार्यालयमा Online मार्फत Apply गरेको (National ID: 234617, PAN: 00564382) १ घण्टा पछि कर चुक्ता प्रमाण पत्रको  Scan Copy इमेल मार्फत प्राप्त भयो।
**
डिल्लीबजार मालपोत कार्यालयमा, Source Verification Officer: तपाईंको National ID कति हो? रागवजी: हजुर मेरो ID 234617 हो, Officer: हममममम... तपाईको PAN यति ( "00564382") हो? रागवजी: हो हजुर। हममममम.... तपाईले किन्न लागेको ६ आना जग्गाको साहुलाई दिनुपर्ने रु ७७ लाख रुपैंयाको सोर्स खुलेको प्रमाणित भयो, अरु प्रकृया पूरा गरि ५ नं कोठावाट लालपुर्जा लिनुहोला, बदाई छ जग्गा धनि बन्नु भयकोमा। धन्यबाद।
रागवजी: अरु प्रकृया के के गर्नु पर्छ सर?
Officer: सरी मलाई जानकारी भएन, प्रकृयाको बारेमा वेबमा हेर्नुहोला, धन्यावाद, Next Please?
**
नेपाल पोलिस, दर्वार मार्गवाट(फोन): हेल्लो रागवजी, National ID: 234617, तपाईले रत्नपार्कमा हराउनु भएको ब्याग सहित १-थान ल्यापटप, १-थान पावर कर्ड, पांच प्याकेट कण्डम र २-थान New Year Wish Card नेपाल पोलिसको दरबारमार्ग Lost and Found शाखामा सुरक्षित रहेको हुंदा २ दिन भित्र आफ्नो सामान पिकअप गर्नुहोला। सामान लिन आउंदा नेपाल पोलिसको फलानो ब्याङ्कको खाता न: फलानोमा रु २० को Online Deposit स्लिप वा Deposit Transaction no  सहित आउनुहोला, धन्यावद।
रागवजी: धन्यबाद सर।
**
गोरखा बारपाक (Telemedicine Center बाट): हेल्लो पाटन मिसन हस्पिटल हो? म रागव वोलेको गोरखा वारपाकबाट।
पाटन मिसन हस्पिटल: हो हजुर, के सेवा गरौं हजुर?
रागवजी: हजुर मेरो श्रीमतिलाई सुत्केरी बेथा लागेको लामो भयो बच्चा जन्माउन गाह्रो होला जस्तो छ, Video Conferencing मा डाक्टरलाई कन्ट्याक गराउनुसन।
हस्पिटल: तपाईंको श्रीमतीको National ID र Medical ID भन्नुस त।
रागवजी: National ID: 234618 र Medical ID: 116521 हो।
हस्पिटल: त्यहां Video Conferencing सञ्चालन गरी विरामीलाई रेडी राख्नुस त डाक्टर यहां Online मा आईसक्नु भयो।
-------डाक्टर र नर्सको टिमले पाटन हस्पिटल Video Conferencing बाट सक्दो प्रयास गर्नु हुन्छ तर सम्भव भएन।------

हस्पिटल: रागवजी, रिमोटबाट सुत्केरी गराउन गाह्रो भयो, सर्जरी गर्नु पर्ने जस्तो छ भन्नु भयो डाक्टरसावले, सुत्केरीको Blood Group बि पोजिटिभ रछ यो रेयर हुने हुनाले खोज्दै छौं, तपाईले सुत्केरीको Emergency Delivery Medical Insurance गर्नु भाकोले राम्रो भयो, हाम्रो डाक्टरको टिम २० मिनेटमा हेलिकप्टरवाट तपाईको बस्तिमा आई सफल उपचार गर्ने छ। विरामीलाई नआत्तिन भन्नुहोला।
(हस्पिटल: हेल्लो, ग्रामिण डेलिभरि लाइफ इन्सुरेन्स कम्पनी हो? तपाईको ग्राहक इन्सुरेन्स नं 116521 को Emergency Delivery Air Transportation Scheme मा डाक्टर टिम उपचारका लागि हेलिकप्टरमा जान लागेको जानकारी गराउंद छु।)
डाक्टरको टिम, ... बारपाकमा: बदाई छ!! रागबजी, तपाईं जुम्ल्याहा वच्चाको वावु हुनु भयो। आमा र वच्चाहरु सकुसल छन। सर्जरी गर्नु परेन। अव तपाईले यि सवै कागजहरुमा सिग्नेचर गरिदिनुस त, यो खर्चको Insurance Claim गर्नु पर्छ, हामी अब काठमाडौं लाग्छौं।
रागवजी: हस हजुर, आभारी छु, धेरै धेरै धन्यावद। अव सुत्केरीको स्याहार-सुसार कसरी गर्ने? मोवाईल याप डाउनलोड गर्नु पर्ला।
**
MetroKTM.com.np, वेब Apps News alert: आदरणिय यात्रु महानुभावहरु, रत्नपार्क सेन्ट्रल स्टेसनबाट घण्टाघर स्टेसन जानेबाटोमा केहि समय पहिले एक मूसा मेट्रो रेलको लिगमा देखा परेकोले, नेपाल एनिमाल राइटस २०७२ को दफा २ उपदफा ३ अनुसार उक्त मुसाको सफल उद्दार गर्नु पर्ने भएकोले आज मिति २०७३-१-२ गते अहिले १ देखि २ बजेसम्म घण्टाघर <-> रत्नपार्क रेल सेवा अवरुद्ध हुने व्यहोरा जानकारी गराउंदछौं। यसवाट यात्रु महानुभाव पर्न जाने असरको लागि क्षेमा प्रार्थी छौं। उक्त समयावधिमा घण्टाघर<-> रत्नपार्क मेट्रो डिलक्स वस प्रत्येक २ मिनेटमा चल्ने हुंदा उक्त बस नि:शुल्क सेवा प्रयोग गर्नुहुन अनुरोध गर्दछौं। रत्नपार्क<-> घण्टाघर मेट्रो स्टेसन पैदल दुरिमै रहेको र तपाईं ५-७ मिनेटमा पैदलवाट एक आर्को स्टेसनमा पुग्न सक्नु हुने छ। तथापि पैदल यात्रा गर्दा वातवरणिय प्रदुशणबाट हुन सक्ने रोगका सम्वन्धमा यो मेट्रो सेवा जिम्वेवार नहुने व्यहोरा जानकारी गराउंदछौ। तशर्थ: उक्त क्षेत्रको बायु प्रदुशण अनुपात वातावरण मन्त्रालयको वेवसाइटबाट दिएको लाइभ विवरण हेर्न समेत अनुरोध गर्दछौं। धन्यवाद।
--------------मेट्रो रेल सेवा प्रा ली, तपाईंको भरपर्दो सेवा-------- 


हा हा हा हा .... अव कति कल्गपना गर्ने भन्नुस् त? भयो पुग्यो अव धेरै कल्नपना नगरम है ....बडी कल्पना गर्दा फेरी मेन्टल हस्पिटल जानु पर्ला कि। हुन त यो कल्पना कुनै हुनै नसक्ने वा गर्नै नसक्ने कल्पना भने हैन। मैले विदेशमा रहंदा-वस्दा चलेको सिस्टमलाई नेपाल देश सोची कल्पना मात्र गरेको हो।

नयाँ बर्ष २०७३ को आगमन संगै यस्ता ईमाजिनेसनहरु साकार हुन भन्दै नयाँ बर्षको उपलक्षमा ठूला-वडा वुद्धिजिवीबाट मैले आशा गरेको निम्न आशिर्वाद प्रति आवार छु। आवश्य पनि यि आशिर्वादको ग्रहण गर्ने छु यो नयाँ बर्ष संगै।
1.    स्वास्थ्य मूल्यवान छ, आफ्नो र परिवारका सवै सदस्यहरु तथा आफन्त जनको स्वास्थ्यमा ध्यान राख्नु, राख्न लगाउनु।
2.    सदा हसिलो र खुशी रहनु, अन्यलाई खुशी पार्न कोशिष गर्नु।
3.    दिमाग संधै स्वच्छ राख्नु, ध्यान गर्नु।विज्ञानलाई विश्वास गर्नु, अध्यात्मिक हुनु।
4.    आफ्नो चाहना अनुसारको कार्य गर्नु, अनावश्यक रिस्क नलिनु। अरुको भडकावमा नलाग्नु, अरुलाई नभड्काउनु।
5.    विश्व परिस्थिती र पेषा संम्वन्धमा संधै UP TO Date रहनु। लेख लेख्नु। पढाई जारी राख्नु।
6.    भाग्य प्रति आशा गर्नु विश्वास नगर्नु। कर्ममा बिषेश ध्यान दिनु, सधैं सन्तुष्ट रहनु, आत्मियलाई बाहेक मर्म गोप्यनै राख्नु।कर्म द्वारा मर्म कम गर्ने कोशिष गर्नु।
7.    खेललाई आफ्नो पेशा नठान्नु, फुटवल, क्रिकेट आदिका हाईलाईट्स हेर्नु, पूरा खेल नहेर्नु। षडयन्त्रात्मक खेलमा कहिल्यै फुटबल नबन्नु, गोल रक्षक बन्न कोशिष गर्नु।   
8.    पेशागत मान मर्यादा संगै आफ्नो स्तर कायम गर्नु, पेशागत हकहित विपरित षडयन्त्रात्मक राजनीति नगर्नु।
9.    रिष-ईर्ष्यालाई कावुमा राखि अन्यको भनाइ प्रति आवेशमा नआउनु।शत्रुलाई मित्रु ठान्नु, सजग रहनु,  मित्रुलाई पनि मित्रु ठान्नु। यो पनि ख्याल गर्नु आत्मिय र आमा-बा बाहेक अन्य सवै शत्रु हुन सक्छन।
10.    आफ्नो कपिराईट सुरक्षति राख्नु अन्यको कपिराइटमा चलाख्यांई नगर्नु। आफ्नो क्षेमता प्रति गर्व गर्नु, कसैले दुरुपयोग गर्ने प्रति सजग रहनु।
11.    आंफुलाइ कहिल्यैपनि कमजोर नठान्नु, आफ्नो काम-प्रशंग वाहेक अन्यको कामको वास्ता नगर्नु।Positive Attitude कायम राख्नु।
12.    अरुलाई दोष दिनुभन्दा पहिला आफ्नो दोष-कम्जोरी पहिचान गर्नु, समाधानका उपाय खोज्नु।
13.    जिवनमा आउने दु:ख अस्थाइ ठान्नु, जिवनमा धेरै सूख र विलासिता नखोज्नु।
14.    अन्यको सूझाव ग्रहंण गर्नु, निर्णय आफ्नै गर्नु।आफुंलाई BOSS नठान्नु, पब्लिक SERVANT वन्न कोशिस गर्नु।
15.    आफ्नो कामको पारदर्शिता कायम गर्नु, घुष लिने-दिने काम नगर्नु, भ्रष्टाचारी/घुषियासंग कहिलै संगत नगर्नु। टाई लगाउने संग बिषेश जोगिनु।
16.    अाधारसहित निर्णय गर्नु, आफ्ना निर्णयमा अडिग रहनु, अन्यलाई प्रभाव पार्ने क्षेमता विकास गर्नु।
17.    हालसम्म गरेका गल्तिहरु प्रायश्चित गर्नु, नदोहोरिन होशियार रहनु।
18.    अरुको हांसो आफ्नो दु:खको कारक वने पनि आफ्नो हांसो अरुको दु:खको कारक नवनाउनु।
19.    अरुको कार्यशैलिमा असन्तुष्ट नभए सुझाब दिनु, कमेन्ट नगर्नु। कमेन्टको सट्टामा आफ्नो उत्तम उपाय प्रस्तुत गर्नु।
20.    नाता-गोता, आफन्त, साथी-भाइ सवैसंग राम्रो सम्वन्ध राख्न कोषिश गर्नु। माता-पिता, गुरुको सम्मान गर्नु।
21.    ड्रग्स सेन्टर (यानेकि फेसबुक, ईन्स्टाग्राम आदी) मा कमै छिर्ने गर्नु, आदत घटाउनु, अनावश्यक चिजहरु लेखि, फटो-प्रोफाईलहरु अपलोड गरी उत्ताउलो नवन्नु। समयको दुरुपयोग नगर्नु र अफिस काममा असर नपार्नु।
22.    आदि आदि......


नेपाली नयाँ वर्ष २०७३ को अवसरमा मेरा सवै सुभ-चिन्तक र असुभ-चिन्तकहरुमा मंगलमय सुभ-कामना!!! धन्यवाद!

No comments:

Post a Comment