Friday, March 10, 2017

नेपालमा सूचना तथा संचार क्षेत्रको बिकास र यसको नियमन: चूनौती र सम्भावना


दूरसञ्चार प्राधिकरणले हालै आफ्नो १९ औं बर्ष गांठ मनाएको छ। पूर्व-कर्मचारी र प्राधिकरणको परामर्शदाताको नाताले उक्त बर्ष गांठमा आमन्त्रण भएतापनि मेरो आफ्नो कार्य ब्यस्तताले उपस्थित हुन सकिन र यहिं बर्ष गांठ उपलक्षमा सानो लेख लेख्ने जमर्को गरेको छु।

मेरो प्राविधिक तथा प्रशासनिक शैक्षिक योग्यता, मैले विगत १३ बर्ष देखि हालसम्म देश-बिदेशमा रहि ग्रहण गरेको सूचना तथा सञ्चार सम्वन्धमा प्राविधीक र प्राधिकरणमै लगभग ३ बर्ष रहेर काम गर्दाको संस्थागत तथा क्षेत्रगत कार्यानुभवले नै मलाई देशको सूचाना तथा सञ्चारमा बिषेश गरि दूर-सञ्चार (Internet and Telecom) क्षेत्रको बारेमा यो लेख लेख्न  प्रेरणा मिलेको छ

देश, समाज तथा संस्था बिकासमा निम्न तीन खम्बा (Three Pillars of Development) को जग दरो हुनु जरूरी देखिन्छ, जसले बिकासका लागि आवश्यक अन्य मुख्य खम्वाहरु जस्थै शिक्षा (Education), कृषि(Agriculture), औधिगिकि(Industries), राजनिति(Politics), सु-साशन (Good Governance), पारदर्शिता (Transparency),  आदिलाई ड्राइभ (Drive) गर्दछ। ति मुख्य खम्वाहरु हुन:

1.    Access Network or Connectivity (रोड संजाल)

2.    Information and Communication (सूचाना तथा सञ्चार)

3.    Energy (उर्जा)

बैशख-१२ को महाभूकम्पले हामीलाई ठूलै पाठ सिकाएको छ कि नेपाल जस्तो भौगोलिक विकटता र विविधता भएको देशमा Disaster Recovery को लागी सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ। साथै गाउं-गाउंमा रोड सञ्जाल र उर्जाको आवश्यकता पूर्तिलेनै अन्य क्षेत्रगत विकासमा टेवा पु-याउने काम गर्दछ। उर्जा बिना देशमा प्रविधि भित्रन गाह्रो हुन्छ भने सडक सञ्जाल बिना बिकासका सम्भावित क्षेत्रहरु जस्तै कृषी, उध्योग

Tuesday, December 27, 2016

भूकम्प पिडित र बिदेशिएका हरुको नाममा मेरो गिती झटारो

यहांहरुमा समर्पित!

बैशख १२ को भूकम्पले थलियका ति गउंले बा-आमाको नाममा ।
देशमा रोरजगार बिहिन भै बाद्यताले आफ्नो परिवारलाई चटक्कै छाडेर खाडी मुलुकमा काम गर्नेका नाममा ।
देशलाई एकताको र बिकास को ढोंङ फुक्ने र सिन्को नभाँच्ने अनि बिदेशिको इशारामा देश टुक्रा-टुक्रा पार्न खोज्ने साथै भूकम्पमाथी राजनीति गर्ने नेता र सरकारका नाममा।
रात दिन चीसो छिडींमा बसि खाडीमा भएका आफ्ना श्रीमान सम्झने ति छोरी-चेलीका नाममा।



शिर्षक: औषधीको ट्याब्लेट

थेगो:
दैव पनि निष्ठूरी भो, मैले दू:ख धेरै पाएं।
चिन्ता धेरै बढ्दै नै गो, मैले ट्याव्लेट थपि खाएं।

गित:
बाचा गरें तिम्लाई दिने कम्प्युटर र ट्याब्लेट
तर ज्यानको भर भयो औषधिको ट्याब्लेट।

                 डाक्टर साबले भने: तिमी बाउ बन्ने भाछौ
              माया गर्छु भन्दै ढांट्यौ भन अहिले कांछौ?


तिम्रो हालत कस्तो होला, चिन्ता बढ्दै गयो
तिम्रै पिरले ट्याब्लेट धेरै लिनुपर्ने भयो।

                 साईबर जान सकिन म, चिन्ता बढ्दै गयो
              तिम्रै पिरले ट्याब्लेट धेरै लिनुपर्ने भयो।

बिदेशिको काम गर्नलाई तेति सहज छैन
आफ्नै देशमा रोजगारीको व्यवस्थानी भैन।

                         भुकम्प र पराकम्पले धर्ती फाटी गयो
                         गाउंले अनि बा-आमाको बेहालै भयो।

जोत्ने खेत फाट्यो होला, के रयो होला घर
भुकम्पले अस्तव्यस्त राज्यको छैन भर।

                 दिनरात खाली आकास पानी बर्षा भैगो
        चीसो भैगो दमले च्याप्यो बाको ज्यान गैगो।

फर्कि आउन मन थियो कमाई टन्न धन
तिम्रा बाचा पुरा भैनन दू:खी भाछ मन।
                 
                     औंठी बेची रिङ बेची पैसा पठाई दिउंला
                     टिकट काटी फर्की आउनु जे छ त्यहि खाउंला।

वल्ला घर पल्ला घर रिणको पाथी भर्नु
आफू संगै आमाकोनी बिषेश ख्याल गर्नु।

                तिम्रो हालत सुन्दा मेरो बांच्ने आधार गैगो
        छिट्टै फर्की आउनु अव जे त हुनु भैगो।

तिम्रो हालत सुन्दा मेरो बांच्ने आदार गैगो
आफ्नै गाउं फर्कि आएं जे त हुनु भैगो।
                      
          माया पाय औषधी चाहिंदैन
                     अब विदेश जानलाई पाईंदैन।
माया पाय औषधी चाहिंदैन  
कर्म गर्छु बाचा चैं खाइंदैन।

Tuesday, November 22, 2016

नेपालमा ईन्जिनियरिङ्ग शिक्षाको गुणस्तर अवस्था: चुनौती र अवसर

बिकासोन्मुख देश नेपालको लागि बिश्वस्तरका प्राविधिज्ञहरुको माग बढिरहेकै अवस्था हो। समाज निर्माणको आधारशिला भनेकै देश भित्रै उच्च स्तरिय प्राविधिक जनशक्ति निर्माण गर्नु हो र सो का लागी उच्च स्तरिय शिक्षालय हुनु जरुरी छ। गुणस्तरिए शिक्षा ग्रहण गर्न पाउनु भनेकै कुनै देशको नागरिकका लागि आधारभुत मागको रुपमा रहेको छ। यस लेख मार्फत मैले नेपालका बिभिन्न प्राविधिक क्षेत्रहरुमा आवश्यक पर्ने ईन्जिनियरहरुको उत्पादनमा स्थापित बिभिन्न विश्वबिध्यालयहरुको गुणस्तरिए ईन्जिनियरिङ्ग शिक्षाको अवस्था र यसमा देखिएका समस्याहरुको बारेमा विश्लेशण गर्ने प्रयास गरेको छु।
नेपालमा ईन्जिनियरिङ्ग तर्फको प्राविधिक जनशक्ति उत्पादनमा छ वटा विश्वबिद्यालय सञ्चालनमा छन। नेपालको सबै भन्दा ठूलो र पूरानो विश्वबिद्यालयको रुपमा चिनिंदै आएको त्रिभुवन विश्वबिद्यालयको ईन्जिनियरीङ्ग अध्यान संस्थानका आफ्ना आङ्गिक क्याम्पस र संम्वन्धन प्राप्त कलेजहरुमा गरि हाल जम्मा ३७१२ जना बिध्यार्थी भर्ना गर्न सक्ने क्षमता छ। त्यसै गरि काठमाडौं विश्वबिद्यालय, पोखारा विश्वबिद्यालय, पुर्वान्चल विश्वबिद्यालय, मध्यमान्चल विश्वबिद्यालय र लुम्विनी-बौद्ध विश्वबिद्यालयहरुमा गरि प्रति वर्ष थुप्रै विद्यार्थीहरु (लगभग १० हजार भन्दा माथि) ले ईन्जिनियरिङ्ग शिक्षा अध्ययन गर्न सक्ने देखिन्छ। सरदरमा ४०% उत्तिर्ण अनुपात राख्ने हो भने पनि बर्षेनी चार हजार भन्दा बढि ईन्जिनियरहरु उत्पादन हुन्छन।

Tuesday, April 12, 2016

Imagination for New NEPAL with this NEW YEAR-2073 and Wishes for ALL

आदरणिय देश भक्त शुभ-चिन्तक समुदाय,
सहायद १० बर्षे जनयुद्धको म्यान्डेट नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड, अमेरिका आदि आदि बनाउने भन्ने नै लाग्थ्यो पहिले पहिले भाषण सुन्दा त। हाम्रा होनहार विद्वान नेताहरु र वुद्धिजिवि ठूला वडाहरु त्येसैका लागी रात-दिन खटेर लागेको तपाईं हामी सवैलाई छर्लङ्गै छ। अव देशलाई विपनामा सिङ्गापुर, स्वीजरल्याण्ड बनाउन नसके पनि सपनामा देख्नलाई त कसले रोक्छ र हैन? तपाईंले पनि मैले जस्तै मनमा लागेको कल्पना गर्न सक्नु हुन्छ है नयाँ नेपालको लागि। नयाँ बर्ष २०७३ संगै यस्ता कल्पनाहरु साकार हुंदै जाउन। यहि मेरो शुभकामना। (यस कथाका पात्र काल्पनिक हुन कसै संग मेल खायमा संयोगमात्र हुने छ।)
**
केद्रिय पास्पोर्ट अफिसबाट: हेल्लो रागवजी, National ID: 234617, PAN: 00564382, तपाईको हिजोको Online आवेदन, Transaction No 3452 को पासपोर्ट तयार भयो, तपाईले अनलाईनमा दिएको डेलिभरि Address ठिक छ भने पठाईदिन्छु म? के भन्नु हुन्छ?
रागवजी: नमस्ते हजुर, मैले दिएको Address ठिक छ, डेलिभरि गर्दिनु होला, धन्यवाद।
**
यातायात कार्यालयबाट: रागवजी, National ID: 234617, PAN: 00564382, तपाईले फलानो नम्वरको बाईकको कर सगै गर्नु भएको Insurance डबल भएको देखियो। पुरानै Insurance थप ६ महिना बांकी छंदा फेरि Insurance गर्नु भएछ। त्यसैले उक्त Insurance को Transaction क्यान्सिल गरि तपाईको सिद्धर्थ ब्याङ्कको खातामा पैसा फिर्ता भएको छ कन्फर्म गर्नुहोला।धन्यवाद।
रागवजी: अहो, सरि सर फर द मिस्टेक, धेरै धेरै धन्यवाद।
(यो पङ्तिकारले बाईकको बिल-बुक renew गर्दा Insurance पनि अनिवार्य भनेको हुंदा पुरानो Insurance भएको ख्यालनै नगरी फेरि Insurance गर्न पुगे  र हिजो मात्रै २०७२ सालको सवारी साधन कर तिरे, Insurance Double गरियो पैसा त्येत्तिकै पच....)
**
रागवजी: (Phone to Insurance Office): हेल्लो (Machine Operator), तपाईंले खोजेको शाखाको आन्तरिक नम्वर थाहा भएमा उक्त नं डायल गर्नुहोस, साधरण सोदपुछका लागि नं ० डायल गर्नुहोस, Insurance सम्वन्धमा नं १२० मा डायल गर्नुहोस, दुर्धटना र Insurance claim गर्नु परेमा नं १११ डायल गर्नुहोस......डायल नं १११,

Tuesday, May 19, 2015

Life from Ground Zero

My home at Simjung, Gorkha: Before Earthquake
Hot season, outside temperature is almost 30 degree. The total seat capacity of my bus going to Gorkha Barpak is 45 but it was fully overloaded. No place to put my foot inside the bus and the hood (open sky) was also full with passengers. Tentatively there were more than 100 passengers in the bus. Government allowed overloading the bus due to earthquake crisis in the country. Rough (even not a gravel), zigzag and steep road through the hilly area. Temperature inside the bus was greater than outside temperature due to heat energy produced from every passenger. Sometimes I felt the bus is getting back at the slope. Everybody with driver was seen to be full of soaking sweat.
Simjung-4, Jhyanwa is my Village at Gorkha. It is located almost opposite of Barkapk Village (4/5 KM far from Simjung by air distance), the main epicenter of 2015 earthquake. I become speechless after seeing the areas. Even I coulndnot mention the situation which I become socked. it feels like lives are at ground zero. Here is some photos uploaded from my village (Simjung-4, Gorkha):

Thursday, September 11, 2014

Continent Visits with ICT Policy Conferences (From South Pole)

I must say lucky for being able to visit popular countries of two continents with policy conference within this year 2014. ICANN-50 London meeting form 21-26 Jun, 2014; as it is an apex body of internet policy making especially on domain names and numbers & CPR South -2014 (Communication Policy Research South) Conference which I am attending now at Johannesburg, South Africa.

Being lecturer of computer engineering at Tribhuvan University, ICANN-50 policy meet was really fruitful for me and it boosted me up more into my lectures and fulfill the requirements of syllabus to achieve university degree for my students. Additionally I am a master’s student of Tribhuvan University: Masters of Public Administration (MPA).  While I studied public policy subject in my MPA degree, it influenced me towards ICT policy which is the concern of public and a part of public policy. My job while I was an Asst. Director at Nepal Telecommunications Authority (NTA) also catalyzed me towards the value of policy formulation and its importance for the country.  I have decided to continue study towards policy formulation, implementation, public policy impacts and many more in my dissertation period of MPA degree.

When I completed my short term research on “Tele-Center impact on rural Nepal” I have further decided to have research on “ICT in the rural Nepal: Prospects and Problems” which has major research question as “what are the major challenges of increasing ICT accessibilities in the rural Nepal”.  I expect this conference would be highly fruitful not only of ICT policy making but also about how to carry out proper research in the sectors.

On the way form OR Tambo Airport (JNB) to Riverstone

First time I felt really different in my abroad visit after I reached Riverstone Lodge, a bit far from Johannesburg city main area. It is like resort and warmly hospitalized.

Tuesday, January 21, 2014

ICT and the Rural Nepal

“Baburam ji, lets incorporate an idea, write an article/paper and recommend the government to implement this idea…”, Kailash Prasad Neupane, Deputy Director (Legal), just gave me attention from my nearby cabin at Nepal Telecommunications Authority, while I was still at NTA acting as an Asst. Director. During the moment, when I already informed NTA to switch my job.

“Sure Kailash sir, let me know what to incorporate in our paper/article that shall knock our government.”   I replied.

Nepal Telecom has already lunched WiMAX services throughout the country. Before this the ADSL services were reached to all VDC level, which was set as policy by the government enforcing NT and subsidizing it for those services to make it available to rural areas of Nepal. Till this period, more than 5-billion Rupees was already in stock of NTA behind the revenue collected on behalf of Rural Telecommunications Disbursement Fund (RTDF), 4% of operator’s income. Mean while, I saw the information on Nepalese news media about the initiation taken by Ministry of Education regarding “Connect School, Connect Community” project with the main objective to provide ICT services to communities and public schools of rural areas of Nepal targeting farmers, students, community personnel and school teachers to be more aware of ICT and focus of economic growth. Our Dy-Director’s concept was “lets propose for Rural Nepal Wi-Fi free one” utilizing the RTDF to kick-tart the project and propose for way for self sustainability. Let us analyze first which one broadband technology (ADSL, wireless Zone, WiMAX, GPRS….) would best suit for least cost better service into rural areas. We kept in mind that there is Millennium Development Goals (MDGs) and targets of WSIS (world summit on information society), those we can achieve only if Nepal addresses those rural areas by providing ICT connectivity and its services.

Concept was quite appreciable, however there are lots of challenging with rural people and the main thing is

Wednesday, December 25, 2013

After SLC to CAv1 to CAv2

प्रायजसो Doctor र Engineer हरु अन्य गतिबिधि (सामाजिक कार्य, राजनीति आदि-आदि) भन्दा आफ्नै पेशालाई प्यारो ठान्दछन। यो ठिक पनि हो। यि भनेका Sensitive Profession भाको हुनाले आफ्नो पेशा प्रति बढिनै उत्तरदाई हुनु पर्दछ। तथापि केहि प्रोफेसनलहरुले राजनिति नगरेको भने हैन। कोहि खुलेर गर्छन त कोहि लुकेर गर्छन। राजनिति गर्न भने छाड्दैनन। अप्ठेरो छ, राजनितिक Affiliation भएन भने सायद प्रोफेसनललाई पनि बांच्न भने तेति सजिलो छैन नेपालमा।

लामो समयदेखि मैले जिवनमा देखे-सुनेका सामाजिक/राजनैतिक परिवर्तनको प्रयोगात्मक सान्दर्भिकताका बारेमा मालाई ब्लगिङ् गर्न मन लाग्दा लाग्दै पनि समय अभावका कारण यो मौका मैले पाएको थिईन तर आज बेस्तताका बाबजुद पनि लेख्ने आंट गरेको छु।
------------------

सरकारको दुर्गम जिल्लाको लिस्टबाट सायद गोरखा जिल्ला अजै पनि हटेको छैन। तिब्बतको सिमाना टच गरेको यो जिल्लाको सदरमुकाम काठमाडौंबाट बसमा केवल ५/६ घण्टाको दुरिमा पर्छ। मेरो जन्मस्तानमा

Thursday, October 10, 2013

मैले राजश्व छलेकै हो त दसैं-२०७० मा?

हाम्रो देशको दुर्गति! कुनै पनि सिस्टम, संस्था वा व्यक्ति कन्ट्रोल भन्दा वाहिर हुनु र भ्रष्टाचारको चुङ्गुलमा फस्नुको मुख्य कारण हो प्रविधिलाई वेवास्ता गर्नाले। प्रविधिको प्रयोग तव हुन्छ जव भ्रष्टाचार निर्मुल गर्नु छ, काम चांडो र छिटो-छरितो गराउनु छ, मावन, रुपैंया र सामानको उचित व्यवस्थापन गर्नु छ, समयमै व्यवस्थित तरिकाले राजश्व उठाउनु वा अशूलउपर गर्नु छ अर्थात एकै वाक्यमा भन्दा “कुनै पनि असम्भव प्राय लाई सम्भव गराउनु छ”

अलि अनौठो पाराको मान्छे जस्तो लाग्छ म आफुलाई। मलाई वाहिरी रमझमा तेति इन्ट्रेष्ट छैन। परिवारका सदस्य संग, साथी-भाई संगि संग खेल्न, डुल्न, भेटघाट गर्न पनि खासै इन्ट्रेष्ट हुदैन मलाई। तर सवै म जस्तै हुन्नन। भरखरै मात्र श्रिमतिलाई साथ दिएको प्रमाण सोरुप “बेसरम” भन्ने हिन्दि फिल्म हेर्ने मौका पाएकै हो। फिल्मको कथा-बस्तु, ईन्टरटेन्मेन्ट भन्दा पनि Animation कसरि गरेको छ? नृत्यमा लगाईयका कपडाहरुको कलर कम्बिनेसन कसरि गरेको छ?, द्वन्द व्यवस्थापन कसरि गरेको छ? के के चिज सम्भव देखाईएका छन र के के असम्भव देखाईएका छन? आदि आदि…बस मेरो ध्यान तेतातिर बढि रहन्छ। सहायद विज्ञान विषय पढेको र कम्प्युटर ईन्जिनियर भएर हो कि वा बुढो भएर हो थाहा छैन।

प्रशङ्ग हो मेरो दसैं सपिङ्ग-२०७० को। सवैलाई थाहा भएकै कुरा हो दसैंको वेलामा न्यूरोड-असन वजारको स्थिति के हुन्छ भनेर। आमा-वुवा वाहेक सवै थोक प्राप्त गर्न सकिन्छ त्यहां। ५ फुट लम्वा-चौडाको कोठा भए काफि हुन्छ चस्मा, घडि, भित्रि कपडा लगायत धेरैखाले व्यापार गर्न सकिन्छ न्यूरोड-असनमा। जागिर खाईएकै छ।हुनत तलव भन्न नहुने कुरा हो तैपनि भन्दा केहि फरक पर्दैन, बिहे भैसक्यो र दाल-भात खान पुगेकै छ।  सञ्चाय कोष, नागरिक लगानि कोष, राजश्व तिरिसकेपछि ठ्याक्कै पन्द्रहजार स्यालरी वैंकमा जान्छ।तिमाथि दसैंभत्ता पनि त छनि सरकारी तनाखामा। आज लाग्यो यहि न्यूरोड-असन वजार छिचल्नु पर्छ, धेरै चिजपो किन्नु छ त। दसैंको लागि भनेर साटेको खुजुरा पैसा श्रीमतिको व्यागमा छ ५,१०,२०,५० र १०० को गरि जम्मा जम्मि बिस हजार (आखिर गृह मन्त्रिन परिन)। तर सुरक्षा खतरा, अघिल्लो पटक ईन्द्रचोकबाट यिनै श्रिमतिको व्यागवाट कतिखेर मोबाईल झ्याप भयो पत्तै भएन। मेरो धेरै जसो ध्यानत त्यहि व्यागमै रयो अनि आफ्नो iPhone मा पनि। सालोले बिदेशवाट गिफट् पठाको iPhone झ्याप भयो भने बर्वाद आंफैले किन्ने त आंटै छैन। अनि दोस्रो प्रायोरिटिमा मेरो ध्यान गयो ति व्यापरी र हामि जस्तै कस्टोमरमा। मनाङमा स्याउ टिपेझैं गरेका छन गाठें व्यापरिले पैसा त न्यूरोड-असनमा। दहि-लस्सि पसल, कपडा पसल, चश्मा पशल, घडि पसल, सुन पसल आदि आदि आदि हेर्दै जानुस कुनै पनि पसलेलाई रुपैंया पट्याउन समय छैन। अरबौं नाफामुलक टलिकमले मोबाईलमा पहिलो कलमा नसुनियर दोस्रो कल अनि दोस्रोमा पनि आवाज राम्रो नआएर तेस्रोकलमा अलि-अलि कुरा-कानि हुंदा सवै कलको (low quality) पैसा झ्याम पारे जस्तै लाग्यो यहां। प्राय लत्ता-कपडा देखि धेरै सामान खासाका छन (देशै प्यारासाईट अनि प्यारालाईज भाको छ यस्तै हो)।२-३ महिना प्रयोग गर्ने अनि फेरि आउने बजार तिर।